नजन्मँदै मृत्युलाई जितेको बालक : गर्भनिरोधक कपर टि हातमा लिएर बच्चा जन्मिएपछि विश्व चकित !

एजेन्सी – प्रविधिले मानिसलाई जति सुख दिन्छ त्यति नै दुख दिन पनि सक्छ। तर अमेरिकाकी एक महिलालाई भने प्रविधिको गलत प्रयोग पनि वरदान सावित भएको छ।

अमेरिका टेक्सासकी लूसी हेलन सन्तान चाहन्नथिन् । सन्तान नहोस् भन्नको लागि उनले प्रविधिको उपजको रुपमा रहेको गर्भनिरोधक डिवाइस कपर टि प्रयोग गरेकी थिइन्।

तर अचम्म के भयो भने, कपर टि प्रयोग गर्दा पनि लूसी गर्भवती भईन्। केहि हप्ता अगाडी मात्र उनले एक बच्चालाई जन्म दिईन्। प्रविधिलाई माथ दिँदै उनको बच्चाले जन्म दिएको हो।

सामाजिक संजालमा सोहि बच्चाको तस्विर अहिले भाइरल भएको छ। हातमा कपर टि नै लिएर जन्मिएको तस्विर देखा परेपछि भाइरल भएको हो।

यसरी कपर टि हातमा लिएर जन्मिएको उक्त बच्चा पूर्णरुपमा स्वास्थ्य रहेको छ। वजनको मामलामा पनि उक्त बच्चा अन्य बच्चा भन्दा स्वस्थ रहेको बताइएको छ।

एक अन्तर्वार्ताको क्रममा लूसीले भन्छिन्,” यस सन्तानको लागि मैले प्लान गरेको थिइन। तर मलाई यस जन्मले खुसि नै बनाएको छ।”

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६१३:३९

यसरी पैदा भएका थिए गान्धारीका १०१ सन्तान