ज्यादै सुन्दर र बोल्ड छन् यी आईपीएल स्टारका श्रीमतीहरु, सुन्दरताले धेरै हुन् सक्छन् अचम्म !

एजेन्सी – आईपीएलको बार्हौं संस्करण सकिएको छ। चेन्नईलाई पराजित गरेर मुम्बईले उपाधि जितेसँगै आईपीएलको बार्हौं संस्करण सकिएको हो।

आईपीएल विश्वकै सबै भन्दा ठूलो क्रिकेट लिग हो। यहि लिगमा राम्रो प्रदर्शन गरेको कारण राता-रात स्टार बनेका क्रिकेटरहरु पनि धेरै छन्। तर आज हामी यहाँ क्रिकेटरको भन्दा पनि चर्चित आईपीएल क्रिकेटरका सुन्दर पत्नीहरु बारे चर्चा गर्दैछौँ।

सबै भन्दा सुन्दर आईपीएल क्रिकेटरका पत्नीहरु निम्न छन्।

साक्षी धोनी

क्रिकेटर महेंद्र सिंह धोनीकी पत्नी प्राय चर्चामा हुन्छिन्। धोनीले साक्षीसँग सन् २०१० मा विवाह गरेका थिए। यी दुईका १ छोरी पनि छिन्। सामाजिक संजालमा समेत सक्रिय रहेकी साक्षी ज्यादै सुन्दर छिन्। सुन्दरतामा नायिकाहरुलाई समेत टक्कर दिने साक्षीको मिडियाहरुमा जहिले पनि चर्चा हुने गरेको छ।

हेजल कीच

क्रिकेटर युवराज सिंह पत्नी हेजल कीच मोडेल र अभिनेत्री हुन्। पंजाबी रीति-रिवाज सहित यी दिईको विवाह सन् २०१६ मा भएको थियो। ज्यादै सुन्दर र बोल्ड रहेकी हेजल कीचको सुन्दरता देखि जो-कोहि पनि कायल हुन सक्छ।

गीता बसरा

क्रिकेटर हरभजन सिंहले अभिनेत्री गीता बसरासँग सन् २०१५ मा विवाह गरेका थिए। यी दुईका एक छोरी पनि छिन्। बलिउडमा समेत काम गरिसकेकी गीता ज्यादै सुन्दर छिन्। गीतासँगका तस्विरहरु हरभजनले सामाजिक संजालमा समेत शेयर गर्छन्।

अनुष्का शर्मा

भारतीय टीमका कप्तान रहेका विराट कोहलीकी पत्नी बारे त सबैलाई थाहा होला। लामो समय सम्म प्रेम सम्बन्धमा रहेर सन् २०१७ यी दुईले विवाह गरेका थिए । अनुष्का बलिउडकै सबै भन्दा सफल र सुन्दर नायिकाको रुपमा चिनिन्छिन्।

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६१३:५७

बलिउडकै ठूला दुश्मनीहरु : यी नायिका एकअर्कालाई देखिसहँदैनन्