आमिर खानकी छोरीको यो रुप जो कोहिले चिन्दैनन्, हेर्नुहोस तस्विर!

आमिर खानकी छोरीले हालै एक बोल्ड  फोटो शेयर गरेकी छिन् । यो फोटोशूटको केहि तस्विर इराले शेयर गरेकी छन् ।  यसमा इरा हेवी मेकअपमा छिन्। केहि तस्विरमा त उनलाई चिन्न पनि मुस्किल हुन्छ। फोटोको क्याप्शनमा इराले लेखिन् ,”तिमि को है ? फोटोग्राफी अगस्ट २०१९’  इराले यो भन्दा पहिले पनि एक फोटो शेयर गरेकी थिइन्।

२२ वर्षकी इराले यो  फोटोशूटमा  क्रप टपमा डेनिम शर्ट लगाएकी छन्। इराको हेयरस्टाइलले पनि फ्यानको ध्यान आकर्षण गरेको छ।

इराको सोशल मिडियामा निकै फ्यान फ्लोइंग रहेको छ । उनको  एक-एक फोटोमा हजारौँ लाइक्स आउँछ।  इरा, आमिर खान र उनको पहिलो श्रीमती रीना दत्ताको छोरी हुन्। दुवैको एक छोरा पनि रहेको छ।

 यसका साथै इरा आफ्नो रिलेशनलाई लिएर पनि चर्चामा रहन्छिन्। इरा विदेशमा रहेर पढ्दै छिन्। त्यहाँ उनको प्रेमी  पनि छन् जसको नाम  मिशाल कृपलानी हो । इरा मिशाल जस्तै प्राय भिडियो र तस्विर शेयर गर्छिन्।

प्रकाशित : बुधबार, साउन २९, २०७६०८:२२

फिल्म शूटिंग सकिए लगतै यी अभिनेताले ४०० क्रू मेम्बरलाई सुनको औँठी दिएपछि…