संघीयताबारे प्रचण्डलाई बाबुरामको कडा जवाफ- जस्तो बीउ रोप्यो त्यस्तै बिरुवा उम्रन्छ भन्ने था छैन ?

काठमाडौँ – समाजवादी पार्टीका संयोजक डा.बाबुराम भट्टराईले संघीयताबारे नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति प्रति कडा टिप्पणी गरेका छन्।

‘प्रचण्ड’ले एउटा रोपेको अर्कै फल्न लाग्यो भन्दै संघीयताबारे दिएको अभिव्यक्ति प्रति डा.बाबुराम भट्टराईले ट्वीटर मार्फत जस्तो बीउ रोप्यो त्यस्तै बिरुवा उम्रन्छ भन्ने जवाफ फर्काएका हुन्।

‘प्रचण्ड’ले एउटा रोपेको अर्कै फल्न लाग्यो भन्दै बोलिरहेको भिडियोमा टिप्पणी गर्दै भट्टराईले कृषिमा स्नातक कमरेडलाई थाहा हुनुपर्ने हो, जस्तो बीउ रोप्यो त्यस्तै बिरुवा उम्रन्छ भन्ने भनेर प्रश्न पनि गरेका छन्।

राज्य पुनर्संरचना समितिले पहिचानसहित १० प्रदेशको संघीयताको बीउ सिफारिस गरेको भए पनि प्रचण्डले सत्ता बाँडचुडका लागि एमाले र कांग्रेससँग पञ्चायती विकास क्षेत्र मोडेलको ७ प्रदेशको बीउ रोपेकाले अहिलेको अवस्था उत्पन्न भएको भट्टराईको बुझाइ छ।

ट्वीटरमा भट्टराईले लेखेका छन् – कृषिमा स्नातक कमरेडलाई थाहा हुनुपर्ने जस्तो बीउ रोप्यो त्यस्तै बिरुवा उम्रन्छ । राज्य पुनर्संरचना समितिले पहिचानसहित १० प्रदेशको संघीयताको बीउ सिफारिस गरेको थियो तर तपाईँले एमाले र कांग्रेससँग सत्ता बाँडचुड गर्न पञ्चायती विकास क्षेत्र मोडेलको ७ प्रदेशको बीउ रोप्नुभो, ऐले त्यही फल्दै छ ! कसो ।

प्रकाशित : बुधबार, साउन २९, २०७६०३:५१

भक्तपुरका घर करेसा मकैबारीदेखि खुला ठाउँ, चौरमा लहलह गर्दै झुलेका गाँजा फडानी