“रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ” – पुडासैनीको अन्तिम आवाज…

काठमाडौँ – भरतपुरको एक होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको मृत्यु बारे विभिन्न समाचारहरु सतहमा आएका छन्।

चितवनको पोखरा बसपार्कमा रहेको कंगारु होटेलमा मृत फेला परेका पुडासैनीले आफै लेखेको नोट र पुडासैनीको मोबाइलमा फेला परेको भिडियोको आधारमा प्रहरीले अन्सुन्धन गरिरहेको बताइएको छ।

घटना संवेदनशिल रहेको भन्दै प्रहरीले गहिराइमा अनुसन्धान गरिरहेको बताइरहेको छ। घटनासँग पत्रकार रवी लामिछानेलाई जोडेर विभिन्न समाचार आइरहेको भएता पनि प्रहरीले आधिकारिक रुपमा खासै केहि बोलेको छैन।

तर घटनासँग रवी लामिछानेलाई जोडेर एक राष्ट्रिय साप्ताहिकले सनसनीपूर्ण समाचार प्रकाशित गरेको छ। पुडासैनीले रेकर्ड गरेको दुईवटै अडियो÷भिडियो टेप आफूहरुसँग सुरक्षित रहेको दावी गर्दा जनआस्था साप्ताहिकले एक सनसनीपूर्ण समाचार प्रकाशित गरेको छ।

“मानिस किन यति साह्रो अमानवीय हर्कत गर्छ ? किन कहिल्यै आफ्नो गल्ती स्वीकार्न तयार हुन्न ? “, जनआस्थाले समाचारमा लेखेको छ।

सुरक्षित रहेको टेपमा रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पुडासैनीको पटक धेरै टर्चर दिएको कुरा पुडासैनीले बताएको जनआस्थाले समाचार मार्फत दावी गरेको छ।

“मलाई रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै टर्चर दिए । तर्साएर वेलकम विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाहरूबाट करोडौं कमाउने तर रातदिन काम लगाएर मलाई कम मात्रै पैसा दिने । कराउँदा कराउँदा बल्लतल्ल १८ हजार तलब पुर्याए । थोत्रो मोटरसाइकलको मर्मतमै मासिक ४–५ हजार खर्च हुने, कोठाभाडा, यताउता सबै त्यसैले पुर्याउनुपर्ने । प्यारी सम्झना, मैले कसरी सक्नु ! रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ । केही केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन । दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रुप देख्नेछ । मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ । तँ अब फसिस् भन्दै मलाई मर्न बाध्य पारेकोमा त्यो पापले तपाईंलाई पोल्नेछ ।’ कुमरीको घर बेचेर रामकोटमा घर बनाउन श्रीमतीलाई सल्लाह दिँदै रुँदारुँदैको अवस्थामा दुई हात जोडेर उनले भनेका छन्– ‘सम्झना, तिमी भर्खर २२–२३ वर्षकी भयौ, अर्काे बिहे गर, मलाई माफ गरिदेऊ ।”,जनआस्थाले प्रकाशित गरेको समाचार अनुसार पुडासैनीले भनेका थिए।

यस्तै पुडासैनीले न्युज २४ छोड्छु भन्दा रवि र दीपक भएर त्यसो नगर बरु डिपेन्डेण्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छौं समेत भनेको कुरा पनि समाचारमा खुलाइएको छ।

“मैले न्युज २४ छोड्छु भन्दा रवि र दीपक भएर त्यसो नगर बरु डिपेन्डेण्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छौं भन्दै रालुका गाविस ओखलढुंगाकी केटी….कार्कीको पछि लगाए । त्यही केटीलाई मैले बीपी स्मृति हस्पिटल बसुन्धरामा जागिर लगाइदिएँ, पुतलीसडकको कन्सल्ट्यान्सीमा पनि बिहान–बिहान पुर्याइदिएँ । पछि उसले उल्टै खाते भन्दै मैलाई हेप्न थाली, म ऊबाट टाढिँदै गएँ । त्यही क्रममा मैले न्युज २४ टेलिभिजन छाडेँ । त्यसबापत मलाई उहा“हरूले त्यही केटीलाई बलात्कार गरेको भनेर फसाउने षड्यन्त्र गर्नुभयो । त्यसकारण म अब यस संसारमा यस्तैगरी बाँचीरहन चाहन्नँँ ।”, सुरक्षित क्लिपमा पुडासैनीले यस्तो भनेको जनआस्थाको दावी छ।

प्रकाशित : बुधबार, साउन २९, २०७६०६:३७

भक्तपुरको मध्यपुर थिमिमा रातभर जाग्दैछन् देवी देवता