भोलि सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय !

काठमाडौँ – जनै पूर्णिमा र रक्षा बन्धनको अवसरमा बिहिबार प्रदेश २ सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ।

बुधबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश २ सरकारले जनै पूर्णिमा र रक्षा बन्धनको अवसरमा भोलि प्रदेशभर सार्वजनिक बिदा दिने बारे जानकारी गराएको छ।

“दाजु-भाईको सु-स्वास्थ्य र दिर्घायुको कामना गर्दै मनाइने चाड रक्षा बन्धन तथा जनै पूर्णिमाको सु-अवयरमा प्रदेश , देश तथा विदेशमा वस्नु हने सम्पूर्ण नेपाली दाजु-भाईं, दिदी वहिनीहरुमा सु-स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।”, मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी गरिएको सन्देशमा भनिएको छ।

सार्वजनिक बिदा बारे जारी सन्देशमा,”रक्षा वन्धनको अवसरमा साउन ३० गते प्रदेश सरकारले सार्वजनिक विदा गरेको हुँदा यस पर्वलाई हर्षोल्लासका साथ मनाउन सम्पूर्ण दाजु भाई तथा दिदी बहिनीहरुमा हार्दिक अनुरोध गर्दछु ।” भनिएको छ।

जीवनमा आइपर्ने समस्याहरुबाट रक्षा गर्नका लागि हातमा बाँधिने धागोलाई रक्षा बन्धन भनिन्छ। रक्षा बन्धनलाई जनै पुर्णिमा पनि भन्ने गरिन्छ।  रक्षा बन्धन विशेषगरी श्रावण शुक्ल पुर्णिमाको दिन मनाइन्छ। यस दिन दिदि बहिनीले आफ्ना दाजुको रक्षाका लागि हातमा राखी बाँध्ने  चलन रहेको छ।  राजसूय यज्ञको समयमा भगवान श्री कृष्णको रक्षा गर्नका लागि द्रौपदीले आफ्नो साडीको एक टुक्रा श्री कृष्णलाइ बाँधीदिएकी थिइन्। यसै समय देखि नै दिदीबहिनिले दाजु भाईको हातमा राखी बाँध्ने परम्पराको सुरुवात भएको मान्यता रहेको छ।

यस पण्डितद्वारा यजमानको हातमा राखी बाँधी मंगलमयको कामना पनि गर्ने गरिन्छ।  यस दिन वेदपाठी ब्राह्मणले  यजुर्वेदको पाठ गर्ने भएकाले पनि रक्षा बन्धनको दिन शिक्षाको आरम्भ गर्नुलाई शुभ मानिन्छ।  हिन्दु मान्यता अनुसार रक्षाबन्धनको दिन बाँधिएको राखी आफै नफ़ुकेसम्म फुकाल्नु नहुने जान विश्वास रही आएको छ।  यस पटकको जनै पुर्णिमा साउन ३० गते बिहिवारको दिन परेको छ।

प्रकाशित : बुधबार, साउन २९, २०७६०७:१३

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा सरकार गम्भीर छ – मन्त्री भट्टराई