किशोरीले यसरी घाइते बनाइन्

सांकेतिक तस्विर

काठमाडौँ – विभिन्न धम्की दिँदै करणी गर्दै आएका एक युवकलाई झापामा एक किशोरीले खु कुरी प्रहार गरेकी छन्।

पिडित किशोरीकी आमा वैदेशिक रोजगारीको लागि ओमानमा छिन् भने बुबा गाउँमै मजदुरी गर्दै आएका छन्। आमा-बुवा दुवैको ज्यान लिने भन्दै गुरुङले धम्की दिने गरेको किशोरीको भनाई छ।

किशोरीका अनुसार गुरुङले घरको कोठा, खेतबारी जहाँ भेटेपनि दुर्व्यवहार गर्दै आएका थिए। पटक-पटक पीडा सहेर बस्नुभन्दा खुकुरी हानेर जेल जनै परे पनि ठिक हुने भन्दै यस्तो कदम लिएको किशोरीको भनाई छ।

तर आरोपीले भने किशोरीलाई क रणी नगरेको जिकिर गर्दै आएका छन्। मात्रै मुख थुनेर लडाएको भन्दै गुरुङले प्रहरीमा बयान दिएका छन्। किशोरीको स्वास्थ्य परीक्षण गरिसकिएको र घटना बारे विस्तृत अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित : बुधबार, साउन २९, २०७६०८:३७

युवतीले उठाइन् भयानक कदम…