युवतीले उठाइन् भयानक कदम…

काठमाडौँ – विभिन्न धम्की दिँदै क रणी गर्दै आएका एक युवकलाई झापामा एक किशोरीले खु कुरी प्रहार गरेकी छन्।

पिडित किशोरीकी आमा वैदेशिक रोजगारीको लागि ओमानमा छिन् भने बुबा गाउँमै मजदुरी गर्दै आएका छन्। आमा-बुवा दुवैको ज्यान लिने भन्दै गुरुङले धम्की दिने गरेको किशोरीको भनाई छ।

किशोरीका अनुसार गुरुङले घरको कोठा, खेतबारी जहाँ भेटेपनि दुर्व्यवहार गर्दै आएका थिए। पटक-पटक पीडा सहेर बस्नुभन्दा खु कुरी हानेर जेल जनै परे पनि ठिक हुने भन्दै यस्तो कदम लिएको किशोरीको भनाई छ।

तर आरोपीले भने किशोरीलाई क रणी नगरेको जिकिर गर्दै आएका छन्। मात्रै मुख थुनेर ल डाएको भन्दै गुरुङले प्रहरीमा बयान दिएका छन्। किशोरीको स्वास्थ्य परीक्षण गरिसकिएको र घटना बारे विस्तृत अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित : बुधबार, साउन २९, २०७६०८:४२

खसी बिक्री गरेर रु तीन करोड आम्दानी