सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्रम परेछ – रवी लामिछाने

काठमाडौँ – भरतपुरको एक होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको मृत्यु सँग आफ्नो नाम जोडिएर समाचार आएपछि पत्रकार रवी लामिछानेले आरोप प्रमाणित भए हदै सम्मको सजाय भोग्न तयार रहेको बताएका छन्।

पुडासैनीले रेकर्ड गरेको दुईवटै अडियो÷भिडियो टेपमा आधारित रहेर आएका समाचारमा रवी लामिछानेको नाम जोडिएर आएपछि लामिछानेले बुधबार फेसबुक मार्फत आरोप प्रमाणित भए हदै सम्मको सजाय भोग्न तयार रहेको बताएका हुन्।

सारा आरोप सुनेपछि शालिकरामलाई ठुलो भ्रम परेको रहेछ भन्ने पनि आफूलाई लागेको पनि लामिछानेले फेसबुकमै उल्लेख गरेका छन्।

लामिछाने लेख्छन्-  सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्रम परेछ।

प्रकाशित : बुधबार, साउन २९, २०७६११:३६

नेपाल-भारतबीच विन विनको अवस्था बनाएर बढ्नुपर्छ– भारतीय राजदूत पुरी