शालिकरामको भिडियो बाहिरियो ! रविले ठूला कम्पनी तर्साएर करोडौं कमाउने गरेको आरोप [भिडियो]

काठमाडौँ – भरतपुरको एक होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीले मृत्यु अगाडी रेकर्ड गरेको भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक भएको भिडियोमा न्युज ट्वान्टीफोका युवराज कँडेल, रवि लामिछाने र एक युवतीको कारण आफू मर्न बाध्य भएको पत्रकार पुडासैनीले बताइरहेको देखिएको छ।

भिडियोमा उनले रवि लामिछाने र युवराज कँडेलले पछिल्लो समय आफूलाई पटक-पाताल धेरै टर्चर दिएको आरोप लगाएका छन्। लामिछानेले पटक–पटक मानसिक तथा शारीरिक यातना दिने गरेको पुडासैनीको आरोप छ।

यस्तै सिधा कुरा जनतासँग कार्यक्रम युनिट र रवि लामिछानेको सक्कली रुप अर्कै रहेको र त्यो बिस्तारै खुल्दै जाने पनि पुडासैनीले भिडियोमा दावी गरेका छन्।

पत्रकार रवि लामिछानेले ठूला व्यापारी, बालुवाका ठेकेदारसँग के कसरी पैसा लिन्छन् भन्नेबारे पनि आफूलाई थाहा भएको उनको दावी छ।

“मलाई रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै टर्चर दिए । तर्साएर वेलकम विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाहरूबाट करोडौं कमाउने तर रातदिन काम लगाएर मलाई कम मात्रै पैसा दिने । कराउँदा कराउँदा बल्लतल्ल १८ हजार तलब पुर्याए । थोत्रो मोटरसाइकलको मर्मतमै मासिक ४–५ हजार खर्च हुने, कोठाभाडा, यताउता सबै त्यसैले पुर्याउनुपर्ने । प्यारी सम्झना, मैले कसरी सक्नु ! रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ । केही केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन । दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रुप देख्नेछ । मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ । तँ अब फसिस् भन्दै मलाई मर्न बाध्य पारेकोमा त्यो पापले तपाईंलाई पोल्नेछ ।’ कुमरीको घर बेचेर रामकोटमा घर बनाउन श्रीमतीलाई सल्लाह दिँदै रुँदारुँदैको अवस्थामा दुई हात जोडेर उनले भनेका छन्– ‘सम्झना, तिमी भर्खर २२–२३ वर्षकी भयौ, अर्काे बिहे गर, मलाई माफ गरिदेऊ ।”,भिडियोमा पुडासैनीले भनेका छन्।

प्रकाशित : बुधबार, साउन २९, २०७६१३:०६

मुख्यमन्त्रीलाई लक्षितगरी बम पड्काइएको बारे बोल्यो प्रहरी !