जेठी श्रीमतीलाई फकाएर होस् अथवा धम्काएर यी बलिउड स्टारले भित्र्याएका थिए दोस्री श्रीमती !

एजेन्सी – कानुनी रुपमा सम्बन्ध विच्छेद नगरी अर्को विवाह गर्नुलाई बहुविवाह भनिन्छ। यसरी बहुविवाह गर्दा कानुनी रुपमा सजाय हुने गर्छ।

तर कहिले काहीं मानिसहरु कानुनलाई लत्याएर घरमा श्रीमान अथवा श्रीमती हुँदा-हुँदै पनि अर्को विवाह गर्न पछि पर्दैनन्। यसरी बहुविवाह गर्नेहरुमा सामान्य व्यक्ति मात्र नभई सेलिब्रिटीहरु पनि छन्।

यस्तै घरमा श्रीमती हुँदा-हुँदै अर्की श्रीमती ल्याउने बलिउड कलाकारहरु निम्न छन्।

सलीम खान

सलीम खान चर्चित बलिउड नायक सलमान खानका पिता हुन्। सलीमको पहिलो विवाह सलमानकी आमा अर्थात् सलमा खानसँग भएको थियो। तर सलीमलाई पछि हेलनसँग पनि प्रेम भयो। सलमाकै अनुमतिमा सलीमले हेलन भित्र्याएका थिए।

धर्मेन्द्र

धर्मेन्द्रका पनि दुई श्रीमती छन्। पहिलो विवाह उनले प्रकाश कौरसंग गरेका थिए। तर चलचित्रमा काम गर्न थालेपछि उनको हेमा मालिनीसँग प्रेम बस्यो जसकारण उनले धर्म-परिवर्तन गर्दै मुस्लिम बनेर हेमा मालिनीसँग दोस्रो विवाह गरे। भारतमा मुस्लिम समुदायका पुरुषहरुले बहुविवाह गर्न मिल्ने प्रावधान छ। जस कारण उनले धर्म-परिवर्तन गरेर घरमा एक श्रीमती हुँदा-हुँदा पनि अर्की श्रीमती भित्र्याएका थिए।

राज बब्बर

८० दशकका चर्चित बलिउड अभिनेता राज बब्बरको पहिलो विवाह नादिरासंग भएको थियो। तर पछि गएर उनको अभिनेत्री स्मिता पाटिलसँग प्रेम बस्यो। तर नादिराले डिभोर्स नदिने बताएपछि सहमतिमै राजले स्मिता भित्र्याए।

उदित नारायण

नेपाल देखि बलिउडसम्म राम्रो नाम बनाउन सफल गायक उदित नारायणका पनि दुई श्रीमती छन्। पहिलो श्रीमती रंजना घरमा हुँदा-हुँदै उदितले दीपासंग विवाह गरेका थिए। उदितले १ वर्षको अन्तरालमा दुई विवाह हुन्।

संजय खान

संजयको पहिलो विवाह जरीन खानसंग भएको थियो। यी दुईको प्रेम विवाह थियो। केहि वर्ष पछि संजय जीनत अमानसँग नजिकिए र जीनतसंग पनि विवाह गरे। तर जीनतसँग संजयको सम्बन्ध धेरै समयसँग टिकेन।

महेश भट्ट

महेशको पहिलो विवाह किरनसँग भएको थियो। प्रेम विवाह भएता पनि यी दुई एक-अर्कासँग खुसि हुन सकेनन्। नायिका परवीनसँग पनि महेशको चक्कर चल्यो। तर महेशले दोस्रो विवाह भने सोनी राजदानसँग गरे। त्यससमयमा किरनसँग सम्बन्ध विच्छेद भएको थिएन।

प्रकाशित : बुधबार, साउन २९, २०७६१३:२२

प्रेममा धोका पाएपछि यी चर्चित नायिकाले लिएका थिए आफ्नै ज्यान !