समुन्द्रमा हाम फाल्नु अगाडी समलैंगिकको स्ट्याटस – भगवानसँग सोध्नेछु मलाई किन यस्तो बनायौ

एजेन्सी – समलैंगिक भएको कारण हुनेगरेको भेदभाव देखि आजित भएर भारतमा एक युवकले समुन्द्रमा हाम फालेर ज्यान दिएका छन्।

समलैंगिक भएकै कारण आफूलाई सम्पूर्ण ठाउँमा हेपिने गरेको भन्दै भारत मुंबईका १९ वर्षीय अविंशु पटेलले फेसबुकमा दुई भावुक स्ट्याटस लेख्दै समुन्द्रमा हाम फलेका हुन्।

भारतीय संचार माध्यमहरुका अनुसार भारत महाराष्ट्रका उनी केहि समय देखि चेन्नई बस्दै आएका थिए। तर दैनिक जस्तो समलैंगिक भएकै कारण हुनेगरेको भेदभाव सहन नसकेपछि उनी समुन्द्रमा हाम फलेका हुन्।

अभि पटेलको नामबाट फेसबुक चलाउँदै आएका उनले आफ्नै ज्यान लिनु अगाडी दुई भावुक स्ट्याटस अपडेट गरेको पाइएको छ। जसमा उनले विभिन्न विषयहरुको खुलासा गरेका छन्।

“म केटा हुँ, यो सबैलाई थाहा छ। तर म एक युवतीले जस्तै सोच्छु, बोल्छु, भाव व्यक्त गर्छु। यस्तो भारतमा बस्नेहरुलाई मन पर्दैन। त्यहि भएर म आफ्नै ज्यान आफै लिँदै छु।,फेसबुकमा उनले लेखक छन्,” मेरो अन्तिम बिन्ति छ, मेरो मृत्युको दोष कसैलाई नलगाईदिनु होला….”हिन्दिमा लेखिएको स्ट्याटसमा पटेलले लेखेका छन्। स्ट्याटसको अन्तिममा उनले आफ्नो परिवार गरिब रहेको उल्लेख गर्दै मद्दत गर्न र सम्झाउन आग्रह गरेका छन्।

यस्तै अंग्रेजी भाषामा अर्को स्ट्याटसमा उनले समलैंगिकहरुलाई अन्य देशहरुमा सम्मान मिल्ने गरेको उल्लेख गरेका छन्। समलैंगिक हुनुमा भगवानको गल्ति रहेको बताउँदै उनले अब देखि पूर्ण केटा अथवा पूर्ण केटि मात्रै पृथ्वीमा पठाउन उनको भगवानसँग आग्रह छ। ” गे भएर भारतमा जन्मनु भगवानको दोष हो।”, भगवानको दोष देखाउँदै उनले लेखेका छन्।

भगवानको घर पुगेपछि शरीर केटाको भावना केटिको दिएको बारे प्रश्न गर्ने र समलैंगिकहरुलाई भारत बाहेकका देशहरुमा मात्र जन्मन दिने पनि भगवानसंग आग्रह गर्ने स्ट्याटसमा उल्लेख गरेका छन्।

भारतीय संचार माध्यमहरुका अनुसार अविंशु शव जुलाई ३ मा नै इनजामबक्कमको समुन्द्रतटमा फेला परेको थियो। स्थानीयहरुले उनको शव देखेपछि प्रहरीमा खबर गरेको बताइएको छ।


*****

प्रकाशित : बुधबार, साउन २९, २०७६१३:४४

बरु ज्यान जाला तर, महिलाले कहिल्लै भन्दैनन् आफ्ना यी रहस्य….