सहवासको समयमा जति नै सावधानी अपनाउँदा पनि यी ४ रोगबाट बच्न मुस्किल! के-के हुन?

एजेन्सी – प्राय: सबैले क-ण्डमलाई परिवार नियाेजनका अस्थाई साधनको रुपमा प्रयोग गर्छन । साथै यसले यौ-नसँग सम्बन्धित रोगहरुबाट बचाउछ भनेर प्रयोग गर्ने गरिन्छ । तर यो थोरै मनिसलाई मात्र जानकारी होला कि क-ण्डमले पनि बचाउन नसक्ने यौ-न रोगहरु छन भनेर । जानीराखौ के-के हुन् ति रोगहरु:

१ एचपीभी – HPV (Human Palilloma virus) : यो भाईरसलाई ख-तरानक भाईरसको रुपमा लिन सकिन्छ । यो भाईरस १५० भन्दा बढी सम्बन्धित भाइरसहरुको समुह हो। यो ठुलो समूहको भाईरसले पहिला छालामा मुसा जस्तो गिर्खा पैदा गराउछ भने कहिले महिलाहरुमा यौ-न अंगको क्यान्सर पनि बनाउछ। यो छालाबाट सर्ने रोग हो यसले असर पार्ने मुख, घाँटी र मलद्वार हुन्, जहा क्यान्सर पनि बनाईदिन सक्छ । यो भाईरस बिरुद्ध खोप लगाएर बच्न सकिन्छ।

२ सिफिलिस : यो रोग लाई ( भिरिङ्गी) पनि भन्ने गरिन्छ। यो सामान्य खालको देखिन्छ। साना साना खटिरा जस्तो हुन्छ सुरुमा तर यसलाई  हेलचेक्राई गर्दा  ठुलो समस्या ल्याउन सक्छ। यो रोग आफुलाई मात्र नभई यौ-न सँग संग्लन आफ्नो साथीलाई समेत सर्ने र यदी गर्भवती भए पेटमा भएको सन्तानलाई पनि सर्ने रोग हो ।

३ मोलुस्कुम : यो एक प्रकारको भाइरस यसले तपाइको छालामा फोका उत्पन्न गराउँछ। कुनै गम्भीर समस्या ननिम्त्याउने तर यसको दुखाई साहन निकै नै गारो हुने हुदा समयमा नै उपचार गर्दा राम्रो। यदी यो भाइरसको संक्रमण भएमा यौ-नांगमा फोका उठ्ने समस्या देखिन्छ र यदी यस्तो देखिएमा बिशेषज्ञहरु तुरुन्तै  जचाउन सल्लाह दिन्छन्।

४ हर्पिस्: यो रोग पनि छालामा देखिने रोग हो । यसलाई दाद रोग पनि भनिन्छ। र यदी यौ-न अंग वरिपरि दाद रोगसँग जोडिएका समस्या छन भने त्यसलाई क-ण्डमले जोगाउन सक्दैन। त्यसैले यो रोग पूर्ण तरिकाले निको नहुनजेल सम्म यौ-न सम्पर्क राख्नु राम्रो नहुने डाक्टरहरु सल्लाह दिन्छन।

यी ४ रोगहरु सबै छाला बाट सर्ने रोगहरु हुन्।  जुन क-न्डमले पनि रोक्न नसक्ने भएकाले यी समस्याहरु भएमा यौ-न जिबनलाई केही समय टाढा  राखी समयमा नै डाक्टरको सल्लाह बमोजिम उपचार गरि स्वस्थ यौ-न जीवन बिताउन अनुरोध गर्दछौ ।

प्रकाशित : बुधबार, साउन २९, २०७६१४:०९

माछा-मासु र अण्डा नखानेले खानै पर्छ यी ५ चीजहरु ! [शाकाहारीहरु सबैले जान्नै पर्ने]