माछा-मासु र अण्डा नखानेले खानै पर्छ यी ५ चीजहरु ! [शाकाहारीहरु सबैले जान्नै पर्ने]

शरीरमा प्रोटिनको  मात्रा कम भयो अब के खाने त भन्दा सबैले भन्ने गर्छन  मासु , अण्डा खानुपर्छ ।  तर थाहा छ अण्डा पनि नखाई शुद्द शाकाहारी भोजन गर्नाले पनि प्रोटिन पाइन्छ ।  कतिपय मानिसले भन्ने गरेका छन शाकाहारी भोजनमा धेरै  कम मात्रामा प्रोटिन हुन्छ  भनेर तर त्यो सब गलत हो। हाम्रो शरीरलाई आवश्यक पर्ने लगभग सबै  पोषक तत्व शाकाहारी भोजनमा पाइन्छ।  प्रोटिनले हाम्रो शरीरमा क्याल्सियम र मिनरल्स संग मिलि बिभिन्न कोष र तन्तुहरुको बिकास  गर्नमा मद्दत गर्दछ।  हाम्रो शरीरका रक्तनली , लिभर , किड्नी जस्ता सबै महत्वपुर्ण अंग र त्वचाको निर्माण प्रोटिनद्वारा हुने गर्दछ।  प्रोटिनयुक्त आहार हामीलाई जीवनभर आवश्यक हुन्छ त्यसैले धेरै प्रोटिनयुक्त खाना  खाने योजनामा हुनुहुन्छ भने निम्नलिखित भोजनलाई  नियमित रुपमा प्रयोग  गर्नुहोस।

बदाम :

बदाम प्रोटिनको महत्वपुर्ण स्रोत हो साथै यसमा अन्य धेरै पोशाक तत्व पाइन्छ।  जुन हाम्रा शरीरका लागि फाइदाजनक हुन्छ। बदाममा म्याग्नेसियम र फाइबरको साथ-साथै मोनोसेचुरेटेड तत्व हुन्छ यो हाम्रो मुटुका लागि निकै नै फाइदाजनक रहेको छ।  २८ ग्राम बदाममा करिब ६ ग्राम प्रोटिन हुने गर्दछ।  बदामलाई भिजाएर या काटेर दहि , सब्जी  आदि संग मिलाएर खादा पनि निकै फाइदाजनक हुने गर्दछ।

च्याउ:

च्याउमा  इम्‍यूनिटी पावर   बढाउने तत्व अधिक मात्रामा पाइन्छ। यसमा प्रशस्त मात्रामा भिटामिन बि  हुने हुनाले मेटाबोलिज्म को मर्मत सुधार गर्न विशेष भूमिका निर्वाह गर्ने गर्दछ।  २५० ग्राम मसरुममा कम्तिमा पनि ५.३ ग्राम प्रोटिन तत्व हुने गर्दछ।

अन्न:

अन्नहरु जस्तै गहुँ , चना , मुङ्ग दाल आदिमा पनि भरपुर मात्रामा प्रोटिनको मात्रा हुन्छ।  एक कप उत्पादित अन्नमा १३/१६ ग्राम प्रोटिन हुन्छ।  खास  कुरा त यो हो कि यसमा क्यालोरीको मात्रा बहुत कम मात्रामा हुन्छ जसलाई काचै , या सलादको रुपमा पनि खान सकिन्छ।  यस्ता अन्नहरुलाई अझ उमालेर खान सके झन् फाइदाजनक हुने देखिन्छ।

दाल:

दाल प्रोटिनको सबै भन्दा राम्रो स्रोत हो।  त्यसैले त साना  बच्चाको लागि चिकित्सकहरुले पनि दाल खुवाउने सल्लाह दिने गर्दछन।  उम्लिएको १ कप दालमा लगभग १८ ग्राम प्रोटिन हुन्छ।  दालमा भरपुर मात्रामा  फाइबर , डाइजेस्टिव कार्ब्स र आइरन हुने गर्दछ।

गेडागुडी:

हरिया गेडागुडीको  सेवन गर्नाले पनि सजिलै मात्रामा पोशक तत्व पाइन्छ। यसमा पर्याप्त मात्रामा भिटामिन ए , भिटामिन सी , भिटामिन के र भिटामिन बि ६ पाइन्छ।  यो फालिक एसिडको पनि राम्रो स्रोत हो।  यसको अलवा गेडागुडीमा क्याल्सियम , सिलिकन , आइरन , बीटा कैरोटीन, प्रोटीन, पोटासियम र कपर प्रशस्त हुने गर्दछ।  एक कप उमालिएको गेडागुडीको रसमा ७ ग्राम प्रोटिन हुन्छ।

प्रकाशित : बुधबार, साउन २९, २०७६१४:११

बारम्बार हाई आउँछ? त्यसो भए सावधान रहनुहोस्, गर्नेछ गम्भीर रोगहरुको संकेत!