शालिकराम पुडासैनीको परिवारको जाहेरी कुर्दै प्रहरी

काठमाडौँ – भरतपुरको एक होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीले रेकर्ड गरेको भिडियो सार्वजनिक भएसँगै अहिले माहोल तातेको अवस्था छ।

सार्वजनिक भिडियोमा न्युज ट्वान्टीफोका युवराज कँडेल, रवि लामिछाने र एक युवती मृत्युको कारण रहेको पत्रकार पुडासैनीले बताइरहेको देखिएको छ।

भिडियोमा उनले रवि लामिछाने र युवराज कँडेलले पछिल्लो समय आफूलाई पटक-पटक धेरै टर्चर दिएको आरोप लगाएका छन्। लामिछानेले पटक–पटक मानसिक तथा शारीरिक यातना दिने गरेको पुडासैनीको आरोप छ।

यहि आरोपको आधारमा प्रहरीले अनुसन्धानको लागि तीनै जनालाई पक्राउ गर्ने तयारी गरिरहेको छ। प्रहरी हाल किटानी जाहेरी कुरिरहेको बुझिएको छ भने मृतकको परिवारबाट किटानी जाहेरी लगतै तीनै जनालाई पक्राउ गर्ने चितवन प्रहरीको योजना छ।

“हामी किटानी जाहेरी कुरीरहेका छौँ । अब पीडित परिवारले किटानी दिए नाम लिएका माथि पक्राउ गरेर अनुसन्धान हुन्छ ।”,एक मिडियाका अनुसार चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले भनेका छन्।

प्रकाशित : बुधबार, साउन २९, २०७६१४:४३

सुदूरपश्चिममा पनि भोलि सार्वजनिक बिदा