राजकुमारभन्दा कम थिएन शम्मी कपूरको जिन्दगी, दुई जनासँग विवाह…

आफ्नो डान्सिंग स्टाइलको लागि अभिनेता शम्मी कपूर बलिउडको रकस्टार मानिन्छन्। त्यो समयको युवाको साथसाथै अहिलेको युवा पनि उनको गित गाईरहेका देखिन्छन् ।  बुधबार  शम्मी कपूरको पुण्य तिथि हो। आज हामी उनको जिन्दगीसँग  जोडिएको कुरा गर्छौ।   शम्मी कपूरको बुबा  पृथ्वीराज कपूर र आमा  रामशरणी यो कुरामा निकै दुखी थिए  राज कपूरपछि उनको दुई बच्चा थिए।   जब शम्मी गर्भमा थिए तब उनको आमालाई डरले सताईरहेको थियो। शम्मी आफ्नो  परिवारको एक्लो बच्चा थिए जसको अस्पतालमा डेलिभरी भएको थियो। दुई बच्चाको निधन भएपछी शम्मीलाई  राजकुमार जस्तै पालिएको थियो।

शम्मी कपूरले भाई राज कपूरको कारण स्कुल छोड्नु परेको थियो। त्यो समयमा  पृथ्वी थिएटर्समा  शम्मीलाई  शकुंतला नाटकमा  भरतको  रोल मिलेको थियो। यही रोल पहिला  राज कपूर गर्नेमा थिए तर उनलाई स्कुलबाट छुट्टी मिलेन। स्कुल छोडेपछि शम्मीको जिन्दगीमा यस्तो समय पनि आयो उनले कलेज पनि छोड्नुपर्यो। कलेज छोडेपछि शम्मी कपूर आए र पृथ्वीराज कपूरसँग माफी मागे।  शम्मी कपूरको कुरा सुनेर पृथ्वीराजले भने , ‘ केहि हैन छोरा भोलिदेखि थिएटर जोइन गर।’ थिएटरमा काम गरेको उनले ५० रुपैँया पाउथे।

शम्मीले अरु मान्छेले जस्तै बुबाको थिएटरमा काम गरेका थिए । उनको बुबाले पनि उनलाई स्टारकिड लन्चिग गरेका थिएनन्  किनकि शम्मीको फिल्मी करियर एक चाइल्ड आर्टिस्टको रुपमा नै भएको थियो।  यसै क्रममा उनले महिनाको १ सय ५० रुपैँया लिन्थे। नूतन उनको सानै देखिको साथी थिइन्।  दुवैले फिल्म  लैला मजनू (१९५३ ) मा एकसाथ काम गरेका थिए।  शम्मी ६ वर्ष र नुतन ३ वर्षकी थिइन्।  वास्तवमा  पृथ्वीराज कपूर र नूतनको आमा  शोभना समर्थ राम्रो साथी थिए।

फिल्म राजकुमारको  शूटिंगको क्रममा शम्मीको साथ एक घटना भएको थियो।  हात्तीले उनको खुट्टा भचिदिएको थियो।  वास्तवमा उनी हात्तीको माथि बसेर शुट गरिरहेका थिए। शम्मी कपूरले १९५५ मा गीता बालीसँग बिहे गरेका थिए । दुवैको भेट  फिल्म काफी  हाउसको  सेटमा भएको थियो। शम्मीलाई गीता मनपरेको थियो। शम्मीले सधैँ सोध्थे कि के तिमी मलाई माया गर्छौ।  त्यसमा गीताले सधैँ  नाई भन्थिन् तर एक पटक हो भनिन्। त्यसपछि गीतले हिँड बिहे गर्ने भनिन्।  यो सुनेर शम्मी छक्क परेर उठे र भने बिहे त्यही पनि अहिले।   गीताले भनिन् जसरी जानी वाकरले गरेको थियो।

शम्मी कपूर र गीता बालीको बिहेको लागि दुई घरपरिवार नै राजी थिएनन्।  त्यसैले यी दुईले मन्दिरमा बिहे गरे। तर शम्मीसँग  सिन्दुर थिएन त्यसैले गीताले आफ्नो ब्यागबाट लिपस्टिक झिकिन् र शम्मीलाई दिईन्। अनि शम्मीले सिउँदोमा सिन्दुर भरे।  शम्मी कपूर र गीता बालीको दुई छोरा छन्।  एक छोरा आदित्य राज कपूर र एक छोरी  कंचन। बिहेको १० वर्षपछि गीता बालीको निधन भयो। घरको दवाबले उनले नीला देवीसंग  दोस्रो बिहे गरे। १४ अगस्ट २०११ मा शम्मीले अन्तिम सास लिए।

प्रकाशित : बिहिबार, साउन ३०, २०७६०७:५३

यी बलिउड कलाकारको नेपालसँग छ गहिरो सम्बन्ध ! नेपालसँग कसको के सम्बन्ध ? हेर्नुस्