मध्यरात लगतै ग्रहचक्रमा व्यापक परिवर्तन : यी राशिको भाग्य परिवर्तन हुँदै, मिल्नेछ लाभै-लाभ !

कला, प्रेम और वैवाहिक सुखको कारक मानिने शुक्र ग्रहले साउन ३१ गते राशि परिवर्तन गर्दैछ। साउन ३१ गते बिहानको १ बजेर ३३ मिनेट देखि कर्कट राशिमा रहेको शुक्र ग्रह सिंह राशिमा प्रवेश गर्नेछ।

हिन्दू ज्योतिषशास्त्रमा शुक्र ग्रहलाई शुभ ग्रह मानिने गरिन्छ। शुक्र ग्रहलाई वृष र तुला राशिको स्वामित्व प्राप्त हुने गर्छ। सिंह राशिमा प्रवेश भएसँगै सबै भन्दा धेरै निम्न राशि हुनेहरुलाई लाभ मिल्नेछ।

वृष

राशि परिवर्तन गरेसँगै वृष राशि हुनेहरुको चौथो भावमा शुक्र रहनेछ। चौथो भावमा हुने शुक्रले यस राशि हुनेहरुलिया धेरै नै लाभ दिलाउन सक्छ। घर, सवारी साधन, गर-गहना जोड्ने मौका मिल्न सक्ला भने पैत्रिक सम्पतिको मामलामा पनि लाभ मिल्न सक्ला। राजनीति सम्बन्धित कार्यमा सजिलै लाभ मिल्ने देखिन्छ। प्रेम सम्बन्ध पनि प्रगाड बन्दै जानेछ।

सिंह

शुक्र सिंह राशिमै प्रवेश गर्ने हुँदा समय धेरै लाभप्रद हुन सक्छ। व्यवसायिक सम्बन्ध स्थापित गर्नको लागि समय उत्तम रहने देखिन्छ। नयाँ सम्बन्धहरु ले पनि फाइदा दिलाउनेछन्। हरेक क्षेत्रमा भाग्यले साथ दिने सक्ला भने कानुनी रुपमा रहेका समस्या देखि पनि छुटकारा मिल्ने देखिन्छ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ।

वृश्चिक

शुक्र वृश्चिक राशिको कर्मस्थान स्थाव दशौ भावमा प्रवेश गर्ने हुँदा कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्ने देखिन्छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। बोलीको प्रभावले काममा फाइदा मिल्न सक्ला। यस्तै विभिन्न भौतिक साधन प्राप्त समेत हुन सक्ने देखिन्छ। सफल यात्राबाट आम्दानी समेत हुन सक्ला।

कुम्भ

शुक्रको राशि परिवर्तनले कुम्भ राशि हुनेहरुलाई अनेक प्रकारमा लाभ मिल्नेछन्। कामकाजी जीवनमा बढेको लगनशीलताले कार्योन्नति हुन सक्ला। सुखद् समाचारले उत्साह जगाउन सक्ला। ध्ययनमा प्रगति हुनुका साथै नजानेको सीपसमेत हासिल हुने योग देखिन्छ। परिवारमा केहि धार्मिक कार्यक्रमको आयोजना गर्ने संयोग जुर्ने देखिन्छ। स्वास्थ्यमा समेत सुखद परिवर्तन देखा पर्न सक्ला।

प्रकाशित : बिहिबार, साउन ३०, २०७६०४:०५

यदी तपाईमा पितृदोष छ भने यस्ता संकेत देखिन्छ: वास्ता नगरे आउनेछ यस्तो समस्या !