कपन जाँदा बहुलाहा कुकुरले टोक्यो, नजरअन्दाज गर्दा रेबिज लागेर मृत्यु !

काठमाडौँ – ललितपुरमा रेबिजको कारण एक किशोरीको मृत्यु भएको छ। कुकुरले टोकेपनि समयमै रेबिज विरुद्धको खोप नलगाउँदा साउन १९ गते एक किशोरीको ज्यान गएको हो।

ज्यान गुमाउनेमा सिन्धुपाल्चोक घर भई हाल गोदावरी नगरपालिका स्थित किटिनी उच्च माविमा कक्षा १२ मा अध्ययन गर्दै आएकी १७ वर्षीया कनिषा अर्याल छिन्।

बाबुआमालाई भेट्न कपन जाने क्रममा कनिषालाई बहुलाहा कुकुरले टोकेको थियो। तर कुकुरको टोकाईलाई नजरअन्दाज गर्दै समयमा रेबिज विरुद्धको खोप नलगाउँदा कनिषामा रेबिज गर्न गई संक्रमण भएको हो।

कुकुरले टोकेर थोरै घाउ लागेर नीको भइसकेपनि उनीमा रेबिजको लक्षण देखिएको र अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई बचाउन नसकेका हुन्।

काठमाडौँ उपत्यकामा कुकुरको समस्या बढेको भएता पनि यस प्रति प्रशासनले खासै ध्यान दिएको छैन। उपत्यकाका विभिन्न ठाउँहरुला भुस्याहा कुकुरका कारण रातमा मात्र नभई दिउँसै पनि एक्लै हिड्न सर्वसाधारणहरुले डर मान्ने गरेका छन्।

प्रकाशित : बिहिबार, साउन ३०, २०७६०५:१८

एशियन पेन्टस् उद्योगमाथि मुद्दा दायर