साउन ३० । दुई दिन अघि धुन्जेबाट सुवाको गोसाईकुण्ड पुगेका एक तिर्थालुको ज्यान गएको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका-१२ का २३ वर्षीय दीपक ढकालको बिहीबार बिहान लेक लागेर निधन भएको हो ।
साथीहरुसँगै धुन्जेबाट गोसाईकुण्ड गएका ढकाललाई होटेलमा बास बसिरहेका बेला लेक लागेको थियो । स्वास्थ्य शिविरमा रहेका चिकित्सकहरुले निरन्तर उनको उपचार गरिरहेको थियो। जिल्ला प्रहरी कार्यालय रसुवाको अनुसार ढकालको उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो ।
हेलिकोप्टरमार्फत शव ल्याउने पहल गरिए पनि उच्च भेगमा कुहिरो र पानि परिरहेपछि शव बोकेरै धुन्चे ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएका छन् । ढकालको निधनबारे आफन्तलाई जानकारी गराईसकेको बताइएको छ ।