नीता अंबानीले कैयौँ पटक काटेकी थिइन् ससुराको फोन, यसरी भयो उनकै छोरासंग बिहे…

भारतको सबैभन्दा धनी  अंबानी परिवार सधैँ मान्छेको मनमा बस्न सफल भएका छन्। अंबानी परिवारलाई देशको सबैभन्दा सम्पन्न बनाउने  धीरूभाई अंबानीको शनिबार पुण्यतिथि हो । ६  जुलाई २००२ मा धीरूभाईको निधन भएको थियो । एक यस्तो समय पनि आएको थियो जब धीरूभाईको ठुली  बुहारी  नीता अंबानीले उनलाई चिनजान गर्न मानेकी थिइनन्। मुकेश र नीताको बिहे  १९८५ मा भएको थियो। यो भन्दा पहिला यी दुईले एकअर्कालाई  डेट  गरे ।

 मुकेश भन्दा पहिला  उनको बुबा धीरूभाई अंबानीले  नीतालाई मनपराएका थिए। नीता एक भरतनाट्यम डान्सर  थिइन् । धीरूभाई अंबानीले  एक फंक्शनमा   नीतालाई डान्स गर्दै गरेको देखे रउनले आफ्नो छोराको लागि मन पराएका थिए। यो कुराको खुलासा नीताले एक अन्तर्वार्तामा गरेकी थिइन्।

नीताले बताइन् , ‘गुजराती कम्युनिटीको तर्फबाट नवरात्रिमा  एक एनुअल फंक्शन थियो । मैले त्यो  फंक्शनमा  परफर्म गरे।   मलाई केहि पनि थाहा  थिएन कि मलाई कसैले नोटिस गरेको छ । फंक्शनको  केहि दिन पछि घरमा  कल आयो । उनले भने कि म  धीरूभाई अंबानी बोलिरहेको हूँ। मलाई लाग्यो कि कसैले मजाक गरिरहेको छ।  मैले तुरुन्तै फोन काटे। त्यसपछि फेरि कल आयो। मैले भने कि म एलिजाबेथ टेयलर हु  र फोन राखे। उनले तेस्रो पटक पनि कल गरे।  यो पटक मेरो बुबाले फोन उठाउनुभयो। अचानक उनको  हलचल बदलियो र उहाँले भन्नुभयो कि  धीरूभाई अंबानी नै हो र के तिमी राम्रोसँग कुरा गर्छु । उहाँले मलाई आफ्नो अफिसमा भेट्न बोलाउनुभयो। म उहाँलाई भेट्नु भन्दा पहिला निकै नर्भस थिए। मैले उहालाई भेटे र निकै  प्रभावित भए । मलाई उहा  निकै सरल स्वभाव लाग्यो ।  उहाले मलाई आफ्नो घरमा  डिनरको लागि बोलाउनुभयो ।”

नीता र उनको  परिवार धीरूभाई अंबानीको  घरमा  डिनरको लागि पुगे । मुकेशले  नीतालाई  देख्ने बितिक्कै मन पराएका थिए । नीता र मुकेश मर्सिडीज कार छोडेर  डबल डेकर बसमा यात्रा गर्थे ।

नीता पहिलो केटी थिइन् जसले  मुकेशलाई  डेट गरिरहेका थिए।  नीताले बताए  कि मुकेशले उनलाई हरेक दिन एक गुलाबको फुल दिन्थे। दुवैले मुम्बईको गल्ली स्ट्रीट फूड  खान्थे।  फेरि   एक दिन मुकेशले नीतालाई आफ्नो कारमा प्रपोज गरे । मुम्बईको  सबैभन्दा  बिजी रूटमा  मुकेशले कार रोके। त्यसै समय मुकेशले  नीतासँग सोधे ,” के तिमी मसँग बिहे गर्छौ। फेरि मुकेशले भने कि म यो कार तबसम्म अगाडी बढाउदिन जबसम्म तिमीले जवाफ दिन्नौ।” पछाडी सबै गाडीले हर्न बजाईरहेको थियो र मुकेशले नीताको जवाफ पर्खि रहेको थियो। नीताले केहि समयपछि मुकेश अंबानीलाई हुन्छ भनिन  र मुकेशले कर अगाडी बढाए।

प्रकाशित : बिहिबार, साउन ३०, २०७६१३:२७

यी हुन् साउथ इन्डस्ट्रीका सबै भन्दा चर्चित ५ कमेडियन, एकलाई न नदेखी चित्तै बुझ्दैन !