ज्योतिषशास्त्र अनुसार धेरै थरिका दोषहरु रहेका छन् । जसमध्ये एक पितृदोष पनि हो । श्राद्धको महिनामा धेरैजसो मानिसहरुले आफ्नो पुर्खाको तर्पण गर्ने गर्दछन् ।
हिन्दुधर्ममा पुर्खाको तर्पण गर्नु होमन गर्नुको बिशेष महत्त्व रहेको छ । यदि कसैलाई पितृदोष रहेको छ भने अनेक थरीका समस्याहरु आइलाग्छन् । यदि यस्ता समस्या छन् भने पितृदोष पनि हुन सक्छ ।
१) जुन व्यक्तिहरुको कुण्डलीमा पितृदोष रहेको हुन्छ ती व्यक्तिहरुले सन्तान जन्माउन निकै समस्याहरुको सामना गर्नु पर्ने हुन्छ । यस्तो व्यक्तिहरुमा सन्तान नै नहुने पनि हुन्छ ।
२) पितृदोषको कारण सधैं पैसाको कमी सामना गर्नु पर्दछ । पितृदोषको कारण त्यस्ता व्यक्तिहरु पैसाको समस्याको कारणले जहाँ पनि उधारो खाएर भाग्नु पर्ने स्थिति आउँछ ।
३) पितृदोषको कारण घरमा कसैको विवाहमा अनेक थरिको समस्या र बाधाको सामना गर्नु पर्दछ । त्यति मात्र नभएर पति-पत्नी बीच विवाहपछि पनि सधैं विवाद भईरहन्छ ।
४) आर्थिकस्तर सधैं घट्दै जाने छन् भने दिन प्रतिदिन नयाँ समस्याको सामना गर्नुपर्ने हुन्छ ।