रवि लामिछाने पनि पक्राउ, चितवन पठाइयो !

काठमाडौँ – काठमाडौं : भरतपुरको एक होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पत्रकार रवी लामिछाने पक्राउ परेका छन्।

शालिकराम पुडासैनीले मृत्यु अगाडी रेकर्ड गरेको भिडियोमा न्युज ट्वान्टी फोका युवराज कँडेल, रवि लामिछाने र एक युवतीको कारण आफू मर्न बाध्य भएको पत्रकार पुडासैनीले बताएको पाइएपछि पत्रकार लामिछानेलाई पक्राउ गरिएको हो।

प्राप्त जानकारी अनुसार लामिछानेलाई बिहिबार काठमाडौँबाट पक्राउ गरिएको छ। यस्तै न्युज ट्वान्टी फोका युवराज कँडेललाई पनि बिहिबारनै पक्राउ गरिएको छ।

पत्रकार लामिछाने र कँडेललाई पक्राउ गर्नु अगाडी प्रहरीले रुकु भन्ने अस्मिता कार्कीलाई पनि पक्राउ गरिएको थियो। चितवन प्रहरीको आग्रहमा पक्राउ गरेर काठमाडौँ प्रहरीले तीनै जनालाई चितवन पठाइसकेको छ।

प्रकाशित : बिहिबार, साउन ३०, २०७६१४:१९

प्रदेशसभा सचेतकको घरमा आक्रमणको प्रयास