यी ५ राशीका भएका मानिसहरुले मान्दैनन् हार, जसरि पनि बदल्छन् आफ्नो भाग्य!

तपाईले आफ्नो वरपर यस्ता व्यक्तिहरूलाई देख्नुभएको छ, जो मान्छे जुन समयमा पनि काममा व्यस्त रहन्छ। तपाई ती मानिसहरुलाई थोरै मोज-मस्ती गर्नु पनि महत्त्वपूर्ण छ भनेर जति भन्नुहोस्, तर उनीहरुको हरेक समय सबै ध्यान काममा रहन्छ। त्यसो हो भने अब ज्योतिषशास्त्रमा कुन राशि भएका मानिसहरू सबैभन्दा औद्योगिक र मेहनती व्यक्ति मानिन्छ।  यस्ता पाँच राशिको बारेमा थाहा पाउनुहोस्, जुन सबैभन्दा महत्वपूर्ण मानिन्छ।

मकर: १२ राशिहरु मध्ये यस राशिलाई सबैभन्दा बढि मेहनती मानिन्छ। काम धेरै महत्वपूर्ण होस् वा सामान्य होस्, उनीहरूले कहिल्यै पनि आफ्नो पूर्णतालाई कम गर्न चाहँदैनन्। यस कारण उनीहरूको सबै काम सही हुन्छ। तपाई मकर राशि भएका व्यक्तिहरूलाई जति फकाउनुहोस्, तर उनीहरूले त्यो कामबाट कहिल्यै दाया-बाया गर्न मान्दैनन्।

कुम्भ: कुम्भ राशि भएका मानिसहरू मेहनती हुने भएका कारण अत्यन्त महत्वकांक्षी हुन्छन्। उनीहरूसँग थुप्रै सपनाहरू हुन्छन्, जसलाई पूरा गर्न कडा मेहनत गर्छन्। कडा परिश्रमको कारण यस्ता व्यक्तिहरुले आफ्नो इच्छाहरु पुरा गर्न सक्छन ।

मीन: यस राशिका मान्छेलाई दिनमा सपना देख्ने बानी हुन्छ। त्यो असंभव जस्तो लाग्ने सपनालाई पूरा गर्नको लागि कडा मेहनत गर्न पछि पर्दैनन्। एक पटक तिनीहरूले आफ्नो लक्ष्य सोचेपछि त्यसलाई प्राप्त गर्न तन, मन र धनका साथ लागि पर्छन्।

कर्कट: कर्कट राशि भएका मानिसहरु हेर्दा धेरै मेहेनती देखिदैनन्, तर यिनीहरुमा आफ्नो कामको नतिजा खोज्ने बानी हुन्छ। यस कारण उनीहरु कुनै पनि कामको जिम्मा लिन्छन् भने त्यसलाई पूरा गर्न कुनै कमि राख्दैनन्। र तबसम्म त्यो काममा लागि रहन्छन् जबसम्म त्यो पूरा हुदैन।

सिंह: आफ्नो क्रोधित स्वभावको कारण यस राशिको व्यक्तिहरूलाई अग्नि तत्वसँग सम्बन्धित मानिन्छ। यी राशि भएका मानिसहरू महत्वाकांक्षी मात्र नभएर उनीहरुले शक्तिलाई पनि माया गर्छन्। उनीहरू केहि प्राप्त गर्न कडा मेहनत गर्छन्।

प्रकाशित : बिहिबार, साउन ३०, २०७६१४:२५

हठ्ठी स्वभावका हुन्छन् यी राशि हुने महिलाहरु, जहिले पनि दबाएर राख्छन् आफ्नो पतिलाई !