हरेक मानिसको जीवनमा सफलता सजिलै संग प्राप्त हुदैन तैपनि जीवनमा सफलता पाउनका लागि कडा मेहनतको आवस्यकता पर्दछ। जीवनमा कसरी सफलता पाउन सकिन्छ भन्ने सवाल उठ्दा सर्बप्रथम हामी देशको सबैभन्दा सफल व्यक्तिको उदाहरण दिने गर्छौं। त्यसैमा आज हामी भारतका एक प्रख्यात ब्यापारी मुकेश अंबानीको बारेमा कुरा गर्न जादै छौं। उनका अनुसार जीवनमा सफलता पाउनका लागि यस्ता कामहरु गर्नु जरुरी छ। आउनुहोस हेरौं
-असल टिमको छनोट
मुकेशका अनुसार यदि व्यापार व्यवसायको क्षेत्रमा सफलता पाउनु छ भने राम्रो र असल टिमको छनोट गर्नु आवश्यक रहन्छ। राम्रो मान्छेलाई छानेर मेहनतका साथमा कुनै पनि कार्यमा जुट्न सकेको खण्डमा जीवनमा सफलता पाउनु कुनै पनि ठुलो कुरा नभएको उनि बताउछ।
सकारात्मक सोचको बिकाश
हामी जुन क्षेत्रमा रहेता पनि सकारात्मक सोचको विकास हामीमा हुनैपर्छ । सकारात्मक बिचारले नै मानिसलाई जीवनमा अघि बढ्ने प्रेरणा दिन्छ। यदि आफ्नो वरपर पनि नकारात्मक विचारधारा भएका मानिसहरु छन भने उनीहरुमा सकारात्मक सोचको विकास गराउनु तपाई हाम्रो दायित्व हो।
जीवनमा कहिल्यै हार नखानु
हरेक मानिसले जीवनमा सफलता र असफलताको सामना गर्नुपर्ने हुन्छ। त्यसैले जीवनमा जस्तो सुकै कठिन परिस्थितिमा आए पनि पनि त्यसलाई डटेर सामना गर्ने सामर्थ्य राख्नु पर्छ।
सोच र सपना सधै महान हुनुपर्छ
मुकेश अम्बानीले सकारात्मक सोचको विकास पिता धीरूभाई अंबानीसंग सिकेका थिए। उनले आफ्नो घरमा ५०० को फोन प्रयोग गरेर हरेक व्यक्तिको हात हातमा मोबाइल थमाईदिने सोच बनाएका थिए। मुकेशको यस्तो सोच संसारका हरेक व्यक्तिको भन्दा फरक थियो। त्यसैले जीवनमा जहिले पनि ठुलो अनि सकारात्मक सोचको विकास गर्नु आवश्यक रहेको छ।
दृढ इच्छाशक्ति
जीवनमा सफल हुने एक मात्र मूल मन्त्र के हो कुनै पनि कार्यको सुरुवात गर्नु भन्दा पहिले आफ्नो लक्ष्य के हो भन्ने थाहा हुनु जरुरी छ। अन्यथा जीवनमा कदापी सफलता हासिल गर्न सकिदैन।
हौसलाका साथमा अघि बढ्ने
मुकेश अंबानीले सानै उमेरदेखि व्यापार व्यवसायमा संलग्न रहेका थिए। व्यवसाय कसरी सम्हाल्ने भन्ने बारेमा सबै कुरा नजान्दा नै उनका पिताको मृत्यु भएको थियो। तर पनि उनले धैर्य र हौसलाका साथमा काममा अगाडी बढेकाले उनि जीवनमा बढी बढी सफल हुन् पुगेका हुन्।