दशैँ लगतै सडकमा आउने गगन थापाको चेतावनी !

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवम् सांसद गगन थापाले दशैँ लगतै सडक संर्घषमा उत्रिने चेतवानी दिएका छन्।

मंगलबार जनकपुरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा थापाले विगतका सम्झौताहरुलाई लत्याउँदै वर्तमान सरकारले ल्याउन लागेको विधेयक विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्।

“वर्तमान सरकार विगतका सम्झौताहरुलाई लत्याउँदै विधेयक ल्याएका छन्, जसकाे विरुद्दमा हामी दशैँ पछि सडकमा आउँछौँ।”,गगन थापाले पत्रकारहरुसँगको कुराकानीमा भने।

प्रकाशित : मङ्गलबार, असोज ०७, २०७६०७:२८

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारीपत्रमा हस्ताक्षर