मेष
शारीरिक दुर्बलता बढ्नेछ। शरीरको बायाँ अङ्गको पीडाले सताउला। अध्ययन, अध्यापनमा सफलता मिल्नेछ। रोजगारीका नयाँ स्रोत फेला पर्नेछन्।
वृष
कार्यमा सफलताको योग छ। पारिवारिक समस्या देखिनेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्लान्। खर्चमा वृद्धि हुनेछ। अध्ययनमा बाधा उत्पन्न हुनेछ।
मिथुन
स्वास्थ्यमा सुधार आउनेछ। रमाइलो यात्राको योग छ। सामाजिक मान, प्रतिष्ठामा वृद्धि हुनेछ। कार्यमा उत्साह बढ्नेछ।
कर्कट
मान्यजनसँग भेटघाट गरिएला। राजनीतिक कार्यमा अवरोध आउला। व्यापार, व्यवसायमा प्रशस्त लाभ प्राप्त नहोला। कार्यमा सावधानी अपनाउनुपर्ने हुन्छ।
सिंह
प्रेमीप्रेमिकाबिचको सम्बन्ध प्रगाढ बन्नेछ। समाजबाट मान, सम्मान मिल्नेछ। आलस्यले सताउनेछ। दाजुभाइको सहयोग प्राप्त हुनेछ।
कन्या
सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला। गरेको कार्यबाट सन्तुष्टि मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। व्यवसाय परिवर्तनको योग छ।
तुला
स्वास्थ्यमा सुधार आउनेछ। सामाजिक सद्भाव बढ्नेछ। व्यवसायमा सोचे अनुरूप लाभ मिल्नेछ। नयाँ सामान खरिदको योग छ।
वृश्चिक
अनुसन्धानात्मक कार्यमा सफलता मिल्नेछ। प्राविधिक कार्यमा प्रगति हुनेछ। विश्वासपात्रबाट धोका हुन सक्नेछ। व्यापार, व्यवसायमा बढोत्तरी हुनेछ।
धनु
राज्यबाट विशेष प्रकारको जिम्मेवारी पाइनेछ। स्वास्थ्यमा समस्या देखापर्नेछ। भूमि, वाहनको किनबेचबाट लाभ मिल्नेछ। कला, साहित्य क्षेत्रमा प्रगति हुनेछ।
मकर
राजनीतिक विचलनको स्थिति रहनेछ। व्यापार, व्यवसायमा सामान्य समस्या देखापर्नेछ। मुहारमा कान्ति आउनेछ। दाम्पत्य जीवनमा खटपट हुनेछ।
कुम्भ
राजनीतिक कार्यमा विवाद र झमेला हुनेछ। अध्ययन, अध्यापनमा केही अवरोध आउनेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ।
मीन
आकस्मिक धन लाभ हुनेछ। आय आर्जनमा सुधार आउला। अध्ययन, अध्यापनमा रूचि बढ्ला। खर्चमा वृद्धि हुनेछ। अचल सम्पतिबारे विवाद बढ्नेछ।