आरबी लेइप्लिज समूह विजेता !

एजेन्सी – जर्मन क्लब आरबी लेइप्लिज समूह ‘जी’ को विजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । फ्रेन्च क्लब लियोनलाई २–२ गोलको बराबरीमा रोक्दै लेइप्लिज समूह विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको हो ।

बराबरीसँगै लेइप्लिजले ६ खेलबाट ११ अंक जोड्यो । समान खेलबाटै लियोनले ८ अंक जोड्यो । पोर्चुगिज क्लब बेन्फिका र रसियन क्लब जेनिथले समान ७–७ अंक जोड्दै समूह चरणबाट बाहिरियो ।

ग्रुपामा स्टेडियम फ्रान्समा भएको खेलमा पाहुना टोलीले नवौं मिनेटमा इमिल फोर्सवर्गको पेनाल्टी गोलबाट अग्रता बनाएको थियो । ३३आं मिनेटमा टिमा वेर्नरले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाएको थियो ।

घरेलु टोली दोस्रो हाफमा खेलमा फर्कदै अंक खोस्न सफल भयो । ५०औं मिनेटमा होउसिम ओउअरले गोल गर्दै लियोनलाई खेलमा फर्काउने संकेति दिएका थिए । ८५औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

यही समूहको अर्काे खेलमा बेन्फिकाले जेनिथलाई ३–० ले पराजित गरेपनि अघिल्लो चरण पुग्न पर्याप्त बनेन ।

प्रकाशित : बुधबार, मङि्सर २५, २०७६०५:०२

सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित १०३ पदक !