कस्तो रहला सन् २०२०को पहिलो महिना ? हेर्नुहोस् मासिक राशिफल !

मेष राशि:

नयाँ वर्षको पहिलो महिनामा सफलताको लागि राम्रो योग रहेको देखिन्छ। साहस र पराक्रम बढ्नुका साथै परिस्थितिहरु नियन्त्रण गर्न सक्षम हुनुहुने देखिन्छ। स्वास्थ्यमा सुधार आउनेछ। झगडाबाट टाढै रहनुहोला। यदि विदेश भ्रमणको भिसाका लागि आवेदन दिन चाहानुहुन्छ भने यो महिना शुभ समय रहेको देखिन्छ। लाभ हुने देखिन्छ। नयाँ जोडीका लागि सन्तान प्राप्ति र विकासको योग पनि सिर्जना भइरहेको देखिन्छ।

महिनाको २० र २१ तारिखमा सावधानी अपनाउनुहोला।

वृष राशि:

ग्रहको गोचरमा आएको परिवर्तनले वृष राशिका कठिन हालतलाई सामान्य बनाउने देखिन्छ। रोजगारीका लागि गरिएका प्रयासबाट राम्रो परिणाम  देखिनेछ। उच्च अधिकारीहरुसंग राम्रो सम्बन्ध गठन हुनुका साथै यदि तपाई सरकारी सेवाको लागी आवेदन गर्दै हुनुहुन्छ भने समय अनुकूल देखिन्छ। आफ्नो सन्तान सम्बन्धित चिन्ताबाट राहत पाउनेछ। विवाहका लागि गरिएका प्रयासहरू लाभदायक साबित हुनेदेखिन्छ।

महिनाको २३ र २४ तारिखमा अधिक सावधानी अपनाउनु पर्ने देखिन्छ।

मिथुन राशि:

गोचरको परिवर्तनले तपाईको लागि ठूलो फाइदा ल्याउँने देखिन्छ। यस महिना मिथुन राशिका व्यक्तिद्वारा गरीएको कामबाट ख्याति प्राप्त हुने योग रहेको छ। आगोबाट क्षति हुने देखिदा सकेसम्म आगोबाट टाढै बस्नुहोला। गोप्य शत्रुका कारण तपाईको चिन्ता बढ्न सक्छ। कार्य क्षेत्रबाट आफ्नो काम सकेपछी दायाबाया समय व्यर्थ नगरी सिधै घर जानुहोला। हानिकारक परिणामको योग हुदा व्यर्थको विवादमा नलाग्नुहोला।

महिनाको १५ र १६ तारिख मिथुन राशिका लागि अशुभ रहने देखिन्छ।

कर्कट राशि:

यस महिना कर्कट राशिका व्यक्तिका लागि शिक्षा र प्रतिस्पर्धाको क्षेत्रमा राम्रो फल पाइने देखिन्छ। विद्यार्थीहरुले आफ्नो पढाईमा बढी ध्यान दिनु पर्ने देखिन्छ। पारिवारिक चिन्ताबाट छुटकारा पाउनुहुनेछ। तर प्रेम सम्बन्धी मामिलामा उदासीनता देखा पर्नसक्छ।  व्यवसायमा राम्रो लाभ हुनुका साथै नबनेको कामहरु सम्पन्न हुने देखिन्छ। आफन्तसंगको सम्बन्ध अझै मजबुत हुने देखिन्छ।

महिनाको २७ र २८ तारिखमा दुर्घटनाको योग रहेको हुदा टाढाको यात्रा नगर्नु होला।

सिंह राशि:

सिंह राशिले यस महिना घर र सवारीहरूको खरीदका लागि राम्रो योग रहेको देखिन्छ। सम्पत्ति सम्बन्धी सबै समस्याहरुको समाधान होला। अभिभावकको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। काममा पदोन्नति हुने देखिन्छ। परिवारमा सुखका बादल छाउने देखिन्छ।  नयाँ जोडीको संतान प्राप्तिको योग रहेको छ। शत्रुबाट टाढै रहनुहोला।

महिनाको २० र  २१ तारिख तपाईको लागि अशुभ देखिन्छ। 

कन्या राशि:

कन्या राशिका व्यक्तिलाई चिन्ताले सताउने, तर यसको साथै अधिक सफलता प्राप्त हुने योग रहेको छ। सम्भावना बढ्नेछ। यात्रा गर्दा ध्यान दिनुहोला। आफ्नो सामानको राम्रो हेरचाह गर्नुहोला। बाहिरी व्यक्ति वा नयाँ व्यक्तिहरुमा चाडै विश्वास नगर्नुहोला। दिइएको पैसा फिर्ता नआउने योग रहदा, पैसाको कारोबार गर्दा होस् पुर्याउनुहोला।

महिनाको ५ र ६ तारिखमा सवारी साधन चलाउदा सावधानी अपनाउनु होला। 

तुला राशि:

सम्पत्ति जोड्ने राम्रो योग रहेको देखिन्छ।  सफलताका लागि यो महिना वरदान साबित हुनेछ।  नयाँ काम सुरु गर्न अथवा कुनै जोखिम उठाउन परेमा यो एक राम्रो महिना साबित हुने देखिन्छ। रोजगारमा पदोन्नतीको सम्भावनाका साथ विदेश यात्राका लागि पनि राम्रो योग रहेको देखिन्छ। सामाजिक कार्यमा पनि सफलता मिल्ने देखिन्छ। आफन्तको सहयोग प्राप्त होला।

महिनाको सातौं र आठौं दिन अशुभ रहने देखिन्छ ।

वृश्चिक राशि:

यस महिना वृश्चिक राशिमा बृहस्पतिको वास हुने देखिन्छ। परिणाम स्वरुप सबै अवरोधहरु समाधान हुने देखिन्छ। कुनै पनि ठूका काम सुरु गर्ने सोचमा हुनुहुन्छ भने, शुभ समय रहेको देखिन्छ। काममा सफलता मिल्ने देखिन्छ। परिवारका मुख्य व्यक्ति अथवा भाइसित मतभेद उत्पन्न हुन सक्ला। तर महिनाको बीच देखि सबै शुभ रहनेछ।

महिनाको ९ र १० तारिख अशुभ रहने देखिन्छ।

धनु राशि:

यस महिना सोचेको भन्दा तुलनात्मक रुपमा राम्रो परिणाम मिल्ने देखिन्छ।  जनवरीको अन्तिम हप्तामा शनिदेवले राशि परिवर्तन गर्दा निकै लाभ हुने देखिन्छ। यदि कुनै प्रतिस्पर्धी परीक्षामा उपस्थित हुन चाहनुहुन्छ भने, समय राम्रो छ।  विवाह वार्ता सफल हुने देखिन्छ। स्वास्थ्यमा समस्या देखा पर्ला। विशेष गरी आँखाको समस्याले चिन्तित बनाउला।

महिनाको २४ र २५ तारिखमा स्वास्थ्यको राम्रो हेरचाह गर्नुहोला। 

मकर राशि:

कैयौं महिनापछि मकर राशिमा गोचरको राम्रो परिवर्तन हुदा सफलता मिल्ने योग रहेको देखिन्छ। लामो समयदेखि प्रतिक्षा गरिएको काम व्यवस्थित हुने तर तनाव भने रहिरहने देखिन्छ। परिवारिक सम्बन्धमा अझै सुधार हुने देखिन्छ। महिनाको अन्तिममा शनि मकर राशिमा प्रवेश हुदा केही तनाव होला, तर चाँडै शुभ संकेत मिल्ने देखिन्छ। यस महिना यात्राको पूरा आनन्द पाउनुहुनेछ।

जनवरीको १३ र १४ तारिख मकर राशिका लागि अशुभ रहनेछ। 

कुंभ राशि:

महिनाको अन्तिम तिर कुंभ राशिमा शनिको साढ़ेसात चल्ने हुदा केहि कठिन चुनौतीहरुको सामना गर्नु पर्ला। यस महिना तपाईको साहस र धैर्यको जाँच हुनेहुदा सावधान रहनुहोला। कार्य व्यवसायको दृष्टिकोणबाट विकास हुने देखिन्छ। भावनामा बगेर लिएको निर्णय हानिकारक हुन सक्ला। सकेसम्म यस महिना लेन-देनको कारोबार नगर्नुहोला। अरुको झगडामा संलग्न नहुनुहोला।

यस महिनाको १५ र १६ तारिख अशुभ रहने देखिन्छ।

मीन राशि:

यस महिना मिन राशिका लागि सफलताको योग रहेको छ। व्यक्तिगत कामबाट प्रशस्त लाभ हुने देखिन्छ। उच्च अधिकारीहरुसंग राम्रो सम्बन्ध रहला। सरकारी सेवाको लागि पनि राम्रो योग रहेको देखिन्छ। विवाह वार्ता सफल होला। परिवारमा हुने शुभ कार्यहरूले पारिवारिक जीवनमा खुशी ल्याउनेछ। तीर्थयात्राका लागि पनि राम्रो समय रहेको छ।

महिनाको १८ र १९ तारिख भने अशुभ रहनेछ।  

प्रकाशित : शुक्रबार, पुष १८, २०७६१४:२२

भोलि शुक्रले राशि परिवर्तन गर्दै : यी राशिलाई मिल्नेछ लाभै-लाभ !