काठमाडौं : काठमाडौं उपत्यकाभित्र २४ घण्टामा लगभग ९०० जना सवारी चालकमाथि कारबाही गरिएको छ । ट्राफिक प्रहरीले सडकमा नियम अनुसार सवारी साधन नचलाएकोमा चालकमाथि कारबाही गरेको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार फुटपाथमा पार्किङ गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, जेब्राक्रसिंगमा साधन रोक्ने तथा अनावश्यक रुपमा हर्न बजाउने चालकहरुमाथि कारबाही गरिएको हो।
बितेको २४ घण्टाभित्र नै काठमाडौं उपत्यकामा मात्र ३३ वटा सवारी दुर्घटनामा परेको छ। दुर्घटनामा परेकामा १ जनाको ज्यान गएको छ। त्यस्तै गरि एक गम्भीर घाइते छन् भने २१ जना सामान्य घाइते भएका छन्।
ट्रकले ठक्कर दिँदा दुईको निधन
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा गए राति भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । तीन घाइते भएका छन् ।
दमक–९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ह ४९१९ नंको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बरको बीआर०७जीएच७८ को ट्रकले ठक्कर दिँदा अटोरिक्साका चालकसहित दुईको घटनास्थलमै ज्यान हो।
दुर्घटनामा परी ज्यान जानेमा दमक नगरपालिका–९ का अटोरिक्सा चालक हरिबहादुर भुजेल र अर्का मृ तकको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा अटोरिक्सामा सवार तीनै जना घाइतेको स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । दुर्घटनामा संलग्न ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।