वीरगञ्जमा डेढ कठ्ठा सरकारी जग्गा अतिक्रमण गरि बनाएका घर टहरा भत्काइयो

वीरगञ्ज, २० पुस (रासस) : उपमहानगरपालिका–१० मटिअर्वाका दुई दर्जन घर टहरा प्रहरीले भत्काइदिएको छ । विगत करीब ४० वर्षदेखि सरकारी जग्गा अतिक्रमण गरी सो स्थानमा घरटहरा बनाइएको थियो।

सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट मटिअर्वाका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशी र स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले छोटी भन्सार कार्यालय तथा दशगजा क्षेत्रका करीब डेढ कठ्ठा जग्गा अतिक्रमण गरी बनाइको संरचना भत्काएको हो ।

वडा नं १० का वडाध्यक्ष शङ्करप्रसाद गुप्ताले उनीहरुलाई बारम्बार जग्गा खाली गर्न अनुरोध गर्दा नमानेकाले प्रहरीले घरटहरा भत्काएको जानकारी दिनुभयो । फुसको छाप्रोमा रहेका पुराना भन्सार कार्यालय नजिकैको नयाँ भवनमा सरेपछि उक्त खाली जग्गा स्थानीयवासीले अतिक्रमण गरी व्यापार गर्दै आएका थिए ।

प्रकाशित : आइतबार, पुष २०, २०७६०४:२०

भारतसित देखिएको सीमा विवादको विषय तथ्य र प्रमाणका आधारमा टुङ्गो लगाउनुपर्छ: पूर्वप्रधानमन्त्री