काठमाडौं : माघ ९ गते हुन गइ रहेको राष्ट्रियसभा निर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिनेछ।
कसैलाई मनोनयन दर्ता गराई सकेका कुनै व्यक्ति, उम्मेदवार हुन अयोग्य भएको लाग्छ भने उनीहरुले सम्बन्धित प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा गई उजुरी जारी गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।
आज बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी गर्न सकिनेछ। उजुरी परेका उम्मेदवारको भोली (मंगलबार) मनोनयनपत्र र उजुरी जाँचबुझ हुनेछ र पर्सी अर्थात बुधबार नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ।
यसै गरि, पुस २४ गते भने उम्मेदवारहरुलाई आफ्नो नाम फिर्ता लिनका लागि समय दिइएको छ। उम्मेदवारको अन्तिम नामावली पुस २५ गते प्रकाशन गर्ने र सोही दिन निर्वाचन चिन्ह पनि प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ।
माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा राष्ट्रियसभामा रिक्त हुने १८ पदका लागि ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।