उत्तर कोरियाका यी अनौठो कानून तथा व्यवस्था जसले विश्वलाई चकित पारेको छ !

उत्तर कोरिया आफ्नो परमाणु परीक्षण र अमेरिकासंगको प्रतिस्पर्धाको कारण विश्वव्यापी रुपमा परिचित छ। तर त्यहाँ केहि यस्ता कानूनहरू पनि छन्, जो  निकै अनौठो छ र जुन सुनेर तपाई पनि अचम्ममा पर्नुहुनेछ।

यी कानूनहरूको विश्वव्यापी रुपमा आलोचना भइ रहन्छ तर  उत्तर कोरियालाई केही फरक पर्दैन।  उनीहरु कानून बनाउँछन् र त्यहाँका जनताहरूले ती कानून मान्नै पर्छ। आउनुहोस् उत्तर कोरियाका केहि अनौठो कानूनका बारेमा चर्चा गरौ।

१०९ वर्ष मनाउदै छन् उत्तर कोरिया

विश्वभरिका मानिसहरू २०२० साल मनाउँदैछन्, जबकि उत्तर कोरिया भने अहिले १०९ साल मनाउदै छन्।  वास्तवमा, उत्तर कोरियाको संस्थापक ‘किम II सुंग’ लाई मानिन्छ। उहाँ १९१२ मा जन्मिएका थिए। उहा जन्मेकै वर्षदेखि उत्तर कोरियाले आफ्नो आफ्नो नयाँ वर्षको गणना गर्दछ। जस अनुसार, अहिले उत्तर कोरियाले आफ्नो १०९ औं नयाँ वर्ष मनाइरहेको छन्।

कार किन्न अनुमति छैन

उत्तर कोरियाको कानूनका अनुसार साधारण नागरिकले यहाँ कार किन्न पाउदैनन्। केवल सेना र सरकारी अधिकारीहरुलाई मात्रै यहाँ कारहरुको लागी अनुमति दिईएको छ।

लोभ्याउन बनाइएको भूतिया शहर

‘किजोंग डांग’ नामको मोडल शहर उत्तर कोरियामा बनेको छ। उत्तर कोरियाले यस शहरलाई देशको सिमानामा निर्माण गरेको छ, जुन दक्षिण कोरियाका मानिसहरूलाई लोभ्याउन बनाइएको हो। तर यस्तो राम्रो सहर हुदा पनि यहाँ कोही बस्दैनन्। त्यसैले यसलाई  भूतिया शहर पनि भनिन्छ।

गरिब व्यक्तिको फोटो लिनु कानूनी अपराध

फोटो खिच्न पाउनु सबैको अधिकार हो।  तर धनी व्यक्तिको मात्रै फोटो खिच्न पाउने तर गरिबको फोटो खिच्न नपाउने भन्ने नियम आयो भने? तर अचम्ममा नपर्नुहोस् किनकि उत्तर कोरियामा, गरिब व्यक्तिको फोटो लिनु कानूनी अपराध हो। वास्तवमा, उत्तर कोरिया सोच्छन् कि गरिब व्यक्तिको फोटो दुनियाको अगाडी आयो भने, उनको देशको छवि बिग्रिन सक्छ।

कपाल काट्न छुट्टै कानून

उत्तर कोरियामा तपाईले आफ्नो मनलागे अनुसार कपाल काट्न पाउनुहुन्न। त्याहाको सरकारले कपाल काट्नका लागि केहि डिजाइनहरु जारी गरेका छन्। उत्तर कोरियामा बसोबास गर्ने मानिसहरूले यी मध्ये एउटा डिजाइनलाई मनपराएर कपाल काट्नु पर्छ। न त आफ्नो मनखुशीले कपाल पाल्न पाईन्छ, न त काट्न नै पाईन्छ।

निलो जीन्स लगाए जेल चलान

उत्तर कोरियाका मानिसहरूलाई निलो जीन्स लगाउन प्रतिबन्ध लगाइएको छ। यद्यपि पर्यटकहरूलाई निलो जीन्स लगाउन अनुमति छ तर किम II सुंग र किम जोंगका द्वितीय मेमोरियल हलमा जानु अघि भने तपाईले अर्को रंगको पाइन्ट लगाउनु पर्ने हुन्छ।

प्रकाशित : सोमबार, पुष २१, २०७६१२:३३

केटीहरु आफ्नो पार्टनरहरूमा खोज्छन् यी गुण, तपाई पनि थाहा पाउनुहोस्