घरमा राखेको घडीहरूले बदल्न सक्छ तपाईको भाग्य! परिवर्तन गर्नुहोस् घडी भाग्य आफै परिवर्तन हुनेछ

हाम्रो देशमा पनि वास्तुको निकै विस्तार भएको छ। प्राय: हामी आफ्नो घर बनाउदा वास्तुका नियमहरुको पूर्ण ध्यान दिने गर्छौ।  तर पनि धेरै व्यक्तिहरुलाई वास्तु अनुसार घरमा के राख्ने भन्ने कुरा भने थाहा हुदैन। अझ प्राय: व्यक्तिले उपहारमा आएको हरेक कुरा केहि नसोची घरमा अथवा आफ्नो कोठामा सजाएर राख्ने गर्दछ। त्यसै मध्ये एक हो घडी। के तपाईले पनि आफ्नो घरमा घडी राख्दा वास्तु अनुसार सही दिशामा राख्नु भएको छ?  हो, प्राय: व्यक्तिले घडी राख्दा कोठालाई सुहाउने भित्तामा घडी राख्ने गर्दछन्।  तर यो सानो कुराले निकै ठुलो परिवर्तन ल्याउन सक्छ भन्ने कुरा उनीहरुलाई थाहा हुदैन।

वास्तु शास्त्रका अनुसार घडीले एक व्यक्तिलाई सहि समय देखाउनुका साथै सहि समय पनि निर्धारित गर्दछ। गलत दिशामा घडी राखेर, तपाईले शारीरिक, मानसिक वा आर्थिक नोक्सान भोग्नुपर्ने हुन सक्छ।  साथै गलत दिशामा राखेको घडीका कारण तपाईको प्रगतिमा पनि बाधा आउन सक्छ। त्यसैले आज हामी घडीको सही दिशाको बारेमा केहि छलफल गर्न जादैछौ।

बन्द भएको अथवा नचलेको घडी

वास्तुका अनुसार घरमा बन्द भएको अथवा नचलेको घडी राख्दा यसले जीवनमा समस्या निम्त्याउन सक्छ। वास्तुशास्त्रका अनुसार घरमा फुटेको घडी तथा बन्द घडी राख्नु दुर्भाग्यको संकेत मानिन्छ। त्यसैले घरमा त्यस्तो घडी छ भने आजै हटाउनुहोस्।

कुन दिशामा राख्दा अशुभ

यदि घडी दक्षिण दिशामा छ भने घरको मुख्य व्यक्तिको स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। यस दिशामा घडी राख्दा प्रगतिको लागि अवसरहरू प्रदान नहुनुका साथै आफ्नो काममा पनि निकै असर पार्न सक्छ। यसले घरमा नकारात्मक उर्जा ल्याउने गर्दछ।

कुन दिशामा राख्ने घडी 

वास्तुका अनुसार घडी पूर्व वा उत्तर दिशाको भित्तामा राख्नुपर्दछ। यी दिशाहरू सकारात्मक ऊर्जाले भरिएको हुन्छ। यी दिशाहरूमा घडी राख्नाले तपाईलाई राम्रो भाग्य प्रदान गर्नुका साथै समृद्धि पनि प्रदान गर्नेछ र प्रगतिको नयाँ मार्गहरू पनि प्रशस्त खुल्नेछ।

पेन्डुलम घडी राख्नुको फाइदा 

यदि तपाईको घरमा पेन्डुलम घडी छ भने तपाईको लागि निकै शुभ साबित हुने छ।  यसले परिवारमा खुशी ल्याउनुका साथै परिवारको प्रगति पनि हुने गर्दछ। तर यो घडी पश्चिम दिशामा राख्नु पर्नेहुन्छ।

कुन रङ्गको राख्ने घडी 

घरमा कालो, नीलो र रातो रंगको घडी कहिले राख्नु हुँदैन। वास्तु अनुसार यो राम्रो मानिदैन। यससँगै, घरमा वर्ग र गोलो आकारको घडी राख्दा शुभ मानिन्छ।

कुन दिशामा कस्तो रङ्गको घडी

पूर्व दिशातर्फ हल्का हरियो वा पहेलो रङ्गको घडी, उत्तर दिशामा आकासी निलो र पश्चिम दिशामा सुनौलो अथवा सेतो रंगको घडी राख्नाले घरमा सुख र समृद्धि छाउने गर्दछ।

प्रकाशित : मङ्गलबार, पुष २२, २०७६१४:५५

एउटा यस्तो मन्दिर जहाँ मानिसहरु जान डराउँछन्, भूत प्रेत हुन् कारण !