लगातार उकालो लागेको सुनको मूल्य आज एक्कासि घट्यो ! कति पुग्यो ?[मूल्य सहित]

काठमाडौँ । केहि दिनदेखि लगातार महँगीएको सुनको मूल्यमा मंगलबार केहि सस्तो भएको छ।

सोमबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सयले घटेर प्रतितोला ७५ हजार ५ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार छापावाल सुनको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७५ हजार २ सय निर्धारण गरिएको छ।

त्यस्तै चाँदीको मूल्य पनि मंगलबार घटेको छ। सोमबार प्रतितोला ९ सय २० रुपैंयामा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर प्रतितोला ९ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रकाशित : मङ्गलबार, पुष २२, २०७६०६:०२

स्कारपियो दुर्घटनामा पाँच घाइते, एकको ज्यान गयो !