अभिनेत्री बिपाशा बसु, जसले आफ्नो अदा र अभिनयका साथ सबैको हृदयमा राज गरेका छिन्, आज उनी ४१ औं जन्मदिन मनाउँदैछिन्। बिपाशा आफ्नो कडा अभिनयका साथै आफ्नो फिल्मी अफियारका कारणले पनि निकै चर्चामा रहने गर्छिन।
विवाह अघि बिपाशाले धेरै अभिनेताहरुसंग चक्कर चलाईसकेकी छिन्। त्यसोभए आउनुहोस् अभिनेत्रीको जन्मदिनको अवसरमा उनको प्रेम जीवनसँग सम्बन्धित केहि रोचक कुराहरु जानौं …
मिलिंद सोमन
बिपाशाको पहिलो प्रेमको बारेमा कुरा गर्दा, उनको पहिलो प्रेमी मिलिंद सोमण रहेको छ। बिपाशाले मोडलिंगको क्रममा सुपर मोडल मिलिंद सोमणलाई भेटेका थिइन्। उनीहरुका अनुसार बिपाशा धेरै व्यस्त भएको कारण मिलिंदलाई समय दिन सकिन, जसको कारण दुरी बढ्दै गयो र दुबैको ब्रेकअप भयो।
डिनो मोरया
मिलिंद सोमनबाट टाढा भएपछि बिपाशा र डिनो मोरियाको सम्बन्धका बारेमा निकै चर्चामा हुन थालेको थियो। फिल्म ‘राज’ को शूटिंगको क्रममा, ती दुई एक अर्काको निकै नजीक भए। तर दुबैको यो प्रेम सफल हुन सकेन र केही समय पछि उनिहरु दुबै छुट्टिए।
जोन अब्राहम
डिनो मोरियासँगको ब्रेकअप पछि बिपाशाको अभिनेता जोन अब्राहमसँग भेटघाट भयो। साया फिल्मको शूटिंगको क्रममा ती दुईको भेट भएको थियो। फिल्मसंगसंगै उनीहरुको प्रेम पनि सुरु भयो। ती दिनहरुमा, बिपाशा र जोनको सम्बन्धका बारेमा निकै चर्चा पनि भयो र दुवै एक अर्कासंग ९ बर्ष सम्बन्धमा बसे। यति लामो समयको सम्बन्धपछि दुईजनाको ब्रेकअप भयो। यद्यपि दुबैको ब्रेकअपको सही कारण भने अझै खुलाशा भएको छैन।
राणा दुग्गाबती
‘बाहुबली’ स्टार राना दुग्गाबतीसँग पनि अभिनेत्रीको अफेयर रहेको छ। बिपाशा र राणा दुग्गाबतीले फिल्म ‘दम मारो दम’ मा सँगै काम गरेका थिए। केही समयको लागि राणासँग डेट गरिसकेपछि बिपाशा आफै राणाबाट टाढा भईन्।
हरमन बवेजा
राणासँगको सम्बन्धपछि बिपाशाको हरमन बावेजासंग प्रेम भयो। फिल्म ‘ढीच्क्याउ’ को शूटिंगको बेला दुबैको भेट भएको थियो। अभिनेत्रीले सोशल मिडियामा पनि हरमनलाई डेट गर्ने बारेमा खुलाशा गरेकी थिइन्। तर दुबैको यो सम्बन्ध लामो समयसम्म टिक्न सकेन।
सैफ अली खान
बिपाशा र सैफ अली खानको अफियरको बारेमा पनि निकै चर्चा भएको थियो। रेस फिल्मको शूटिंगको क्रममा दुई जना एक अर्कासंग नजिक भएका थिए। तर सैफले अचानक २०१२ मा करीनासँग विवाह गरे। र दुबै सैफ र बिपाशाले आफ्नो सम्बन्ध पनि समाप्त गरे।
२०१६ मा फेला पर्यो साँचो प्रेम
यी सबै कलाकारहरूलाई डेट गरिसके पछि बिपाशाले साँचो प्रेम फेला पारिन्। बिपाशाले सुपर मोडल करण सिंह ग्रोभरलाई मोडलिंगको क्रममा भेटेकी थिइन्। केही समय एक अर्कासँगको डेट पछि २०१६ मा दुबैको बिवाह भयो। विवाह पछि, बिपाशाले आफूलाई फिल्मी दुनियाबाट टाढै राखिन्। अभिनेत्री अन्तिम पटक करणको साथ फिल्म ‘अलोन’ मा देखा परेकी थिइन्।