स्वास्थ्यमन्त्रीले भने – “मिलेमतोमा बिरामी निजी अस्पताल पठाउने गरेको पाइयो”

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बिरामीहरुलाई नीजि अस्पताल पठाउन सरकारी अस्पतालकै कर्मचारीहरुको भूमिका रहने गरेको बताएका छन्।

कान्ति बाल अस्पतालको वार्षिकोत्सव कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री ढकालले बिरामीहरुलाई नीजि अस्पताल पठाउन अस्पतालकै कर्मचारीहरुको मिलेमतो रहने गरेको पाइएको बताएका हुन्।

सर्वसाधारण शुरुमा सरकारी अस्पताल पुग्ने गरेको भएता पनि जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकसम्मको मिलेमतोमा बिरामीहरु नीजि अस्पताल पुर्याइने गरेको उनले सुनाए।

“धेरै अस्पतालमा बिरामीहरु सुरुमा सरकारीमा आउँछन् । बीचको अवधिमा काजमा बाहिर जान्छन् । फेरि सरकारी अस्पतालमै आउँछन भन्ने कुरा सुनेको छु। जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकसम्मको मिलेमतोमा सरकारीबाट अर्को ठाउँमा पुर्याए बाफत कमिसन लिन्छन र विरामी त्यही थला पर्छ । अन्तिममा फेरी बिरामी पार नलागेपछि सरकारी अस्पतालमै काज फिर्ता गराउँछन् ।”,उनले भने।

अस्पतालमा बिरामीहरु निको हुन आउने गरेको हुँदा अस्पताल आफैं बिरामी भए जनताको विश्वास टुट्ने उनको बुझाई छ। सरकारी अस्पतालमा चिकित्सकहरुले समेत आचरण र व्यवहारमा सुधार गर्नुपर्नेमा पनि उनले जोड दिए।

निजी क्लिनिकहरुको घेराबन्दीमा अस्पताल परेको प्रति गम्भीर हुनुपर्ने उनले स्पष्ट पारे। चिकित्सकहरुको आचरण र व्यवहार सुधार गरे मात्रै सरकारी अस्पतालको अवस्था सुधार हुने पनि उनले तर्क गरे।

प्रकाशित : मङ्गलबार, पुष २२, २०७६१०:०१

“कालापानी भारतलाई लिजमा दिनुपर्छ भन्ने सुजाता राष्ट्रघाती”