“कालापानी भारतलाई लिजमा दिनुपर्छ भन्ने सुजाता राष्ट्रघाती”

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रभावशाली नेता भीम रावलले कालापानी भारतलाई लिजमा दिनुपर्छ भन्ने सिजता कोइरालाको अभिव्यक्तिलाई राष्ट्रघाती भनेका छन्।

पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै रावलले आफ्नो देशको भू–भाग विदेशीलाई लिजमा दिने कुरा जो-सुकैले गरेपनि राष्ट्रघाती ठहरिने उनले बताए।

‘सुजाता कोइरालाले विवादमा रहेका नेपाली भूमि भारतलाई लिजमा दिने कि भन्नुभयो संभव छ ?’ भनेर धमलाले गरेको प्रश्नमा रावलले ‘आफ्नो देशको भू–भाग विदेशीलाई लिजमा दिने कुरा जसले भनेको भएपनि त्यो राष्ट्रघाती कुरा हो ।’ भनेका हुन्।

विदेशी शक्ति राष्ट्रहरुको प्रभावमा परेर यस्तो कुरा गर्नु सरासर राष्ट्रघात हुन जाने उनले जिकिर गरे। पहिला शासनमा रहेका व्यक्तिहरुले पनि यस्तो कुरा गरेको कारण कालापानी अतिक्रमणमा परेको उनको तर्क छ।

“विदेशी शक्ति राष्ट्रहरुको प्रभावमा परेर जसले यस्ता कुरा गर्छ त्यो सरासर राष्ट्रघात हुन्छ । हिजो शासकहरुले पनि यस्तै कुरा गर्ने गरेकाले भारतले नेपाली भूमिमाथि अतिक्रमण गरेको हो ।”,उनले भने।

यस्तै कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेला महाकाली सन्धी भएको पनि उनले स्मरण गरे। काल्पनिक र भ्रम सिर्जना गर्ने विचारहरु नै राष्ट्रघाती अभिव्यक्ति हुन जाने उनको बुझाई छ।

“उहाँकै सभापति शेरबहादुरजी प्रधानमन्त्री हुँदा महाकाली सन्धी भएको थियो । त्यसको सट्टामा वर्दियामा जग्गा दिने भनेको त्यो त दिएको छैन । अहिले लिम्पियाधुरादेखि सुस्तासम्मका त्यत्रो क्षेत्रफलको भूभाग छोडेर भारतले हामीलाई अर्को ठाउँमा जग्गा दिन्छ । यस्ता काल्पनिक र भ्रम सिर्जना गर्ने विचारहरु नै राष्ट्रघाती अभिव्यक्ति हुन् ।”,उनले भने।

प्रकाशित : मङ्गलबार, पुष २२, २०७६१०:१८

हिँउ खेल्न कालिञ्चोकमा पर्यटकको घुइँचो !