ट्रोलरले कुपोषण भएको हो भनेर प्रश्न गरेपछि वाणीले दिईन यस्तो कडा जवाफ!

एजेन्सी, बलिउड अभिनेत्री वाणी कपुर अहिले आफ्नो फिल्म मलंगलाई लिएर चर्चामा छिन्। यसको साथै सोशल मिडियामा आफ्नो फ्यानहरुको लागि फिल्मको जानकारी पनि शेयर गरिरहन्छिन्। उनि प्राय आफ्नो तस्विरहरु इन्स्टाग्राममा  शेयर गर्छिन।

हालै उनले एक मिरर सेल्फी शेयर गरेकी छिन् जसमा उनि स्टाइलिश लुकमा आफ्नो टोन्ड फिगर देखाउदै देखिएकी छिन्। तर एक ट्रोलरले उनको ट्रोल गर्ने कोशिश गरेको छ। त्यसपछि उनले ट्रोलरलाई कमेन्टमार्फत  जवाफ दिएकी छिन्।

ट्रोलरले वाणीको तस्विरमा कमेन्ट गर्दै लेखेको छ, ‘कुपोषणबाट पिडित छ कि क्या हो?’ यसमा वाणी जवाफ दिदै भनेकी छिन्, तपाई आफ्नो जिन्दगिमा केहि यस्तो काम किन खोज्नहुन् जुन प्रोडक्टिव छ ? आफैमाथि कठोर हुन बन्द गर्नुहोस, किनकि जीवन अझ उत्तम छ। घृणा फैलाउन बन्द गर्नुहोस।’

वाणी कपुर २०१९ मा ‘वार’ मा अभिनय गरेकी थिइन् । जसमा उनको जोडी ऋतिक रोशन थिए ।  पछिल्लो समय उनि फिल्म ‘शमशेरा’ को शुटिंगमा व्यस्त छिन् । जसमा अभिनेता रणवीर कपुर पनि हुनेछन् । यो फिल्म सन् २०२० को अन्तिमसम्म रिलिज हुनेछ ।

प्रकाशित : मङ्गलबार, पुष २२, २०७६१५:०८

दुबईको बुर्ज खलिफामा यी बलिउड अभिनेत्रीले किनिन् अपार्टमेन्ट, मूल्य सुन्दा सबै छक्क !