ईरानकाे राजधानी तेहरानमा १ सय ८० यात्रु बोकेको युक्रेनी विमान दुर्घटना

ईरानकाे राजधानी तेहरानमा किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान, स्थानीय समय अनुसार ६ बजे दुर्घटनाग्रस्त भएको छ।

युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट बिहान उडान भरेको विमानमा एक सय ८० जना यात्रु सवार थिए। इरानी मिडिया अनुसार प्राविधिक समस्याका कारण उक्त घटना घटेको हो।

 

 

तर याे दुर्घटनालाई लिएर अमेरिका–ईरानबीचकाे तनावलाई पनि जाेडिएकाे देखिन्छ ।  विमान दुर्घटना हुनु भन्दा केही घण्टाअघि मात्र इरानले इराकस्थित अमेरिकी सेनाको एयरबेसमा क्षेप्यास्त्र प्रहार गरेका थिए।

हवाई जहाज उडान भर्दै गर्दा या अवतरणकाे क्रममा दुर्घटना भएकाे हाे तर यसबारे सम्पूर्ण जानकारी भने प्राप्त भएकाे छैन । यात्रीहरुको अवस्थाको बारेमा भने  थप विवरण आइपुगेको छैन ।

प्रकाशित : बुधबार, पुष २३, २०७६०४:१८

काठमाडौँ महानगरपालिका: पाँच क्षेत्रमा पाँच टोली बनाएर होर्डिङबोर्ड हटाउने कार्यमा तीव्रता