फेरी बढ्यो सुनको भाउ! अहिलेसम्मकै सबैभन्दा महँगो, अझै बढ्ने अनुमान!

नेपाली बजारमा बुधबार सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ । निकै उतार चढाबका बीच कारोबार हुँदै आएको सुनको मुल्य मंगलबार (हिजो) तोलामा ५ सय रुपैयाले बढेको थियो । आज साताको चौठो दिन अर्थात् बुधबार  पनि सुनको मुल्य तोलामा १ हजार रुपैयाले वृद्धि भएको छ।

सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको खपत ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशतले घटेको छ । दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घका अध्यक्ष मोहनकुमार विश्वकर्माले जानकारी दिए ।

बुधबार सुन तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७६ हजार ५ सय रुपैयाँ पुगेको छ। हिजो (मङ्गलबार) मात्रै तोलामा ५ सय रुपैयाँ घटेको थियो। तर आज (बुधबार) सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको हो ।

यस्तै तेजावी सुनको मूल्य बढेसंगै चाँदीको पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ९ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

लगातार सुनको मूल्य वृद्धि भएसँगै सुन खरिद गर्नेभन्दा गहना बिक्री गर्ने बढेका छन् । राजधानीका चलेका सुन पसलमा नयाँ गहना खरिद गर्नेको सङ्ख्या अत्यन्त न्यून रहेको छ । सुनको भाउ घटेको समयमा गहना बनाएका सर्वसाधारणले मूल्य बढेको भन्दै गहना बिक्री गर्न थालेका छन् ।

मध्यपूर्वको तनावले सुनकाे भाउ लगातार बढेकाे सुनचाँदी व्यवसायीले जनाएका छन्।

प्रकाशित : बुधबार, पुष २३, २०७६०६:३९

श्रीस्वस्थानी व्रतकथा मेला आजबाट शुरु