कर्मचारीलाई काम दिनुको साटो ठेकेदार खोजेर छपाईको काम सुम्पिन्छ जनक शिक्षा

कर्मचारीलाई काम दिनुको साटो जनक शिक्षा सामग्री संस्था लिमिटेडले ठेकेदार खोजेर छपाईको काम सुम्पिने गरेको छ र तीन वर्षअघि प्रबन्ध सञ्चालकको जिम्मेवारी पाएका महेशप्रसाद तिमिल्सिनाले छपाइका कर्मचारीले ‘काम गर्न नसकेको र कार्यालय घाटामा गएको’ जनाउँदै ठेक्कामा काम दिन थालेका हुन् । आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले समाचार लेखेका छन् ।

अघिल्ला प्रबन्ध सञ्चालकले सरकारले मेसिन किन्न बजेट उपलब्ध नगराएका कारण मेसिन नै ठेक्कामा लिएर केन्द्रमै छपाइको काम गरेका थिए । हाल आवश्यक पर्ने सम्पूर्ण मेसिन उपलब्ध हुँदाहुँदै कर्मचारीलाई काम नदिई ठेकेदारलाई दिने गरिएको छ ।

केन्द्रले बोर्डको निर्णय भन्दै हचुवाको भरमा टेन्डरमार्फत ठेक्का दिएपछि कर्मचारी चरम मारमा परेका छन् । ‘ठेक्का दिएर समयमै किताब पु¥याउने दाबी गरेको जनक शिक्षाले यो वर्ष समयमा काम सक्ने सम्भावना भने छैन’ एक पुराना कर्मचारीले भने ।

प्रकाशित : बिहिबार, पुष २४, २०७६०३:१३

मध्यपूर्वका नेपाली त्रसित : आवश्यक योजना बनाउन परराष्ट्र मन्त्रालयमा आज छलफल हुँदै