एउटा यस्तो मन्दिर जहाँ मानिसहरु जान डराउँछन्, भूत प्रेत हुन् कारण !

Worn out sculptures in front of Shore temple. One of the popular Unesco World Heritage sites of India is the Shore temple at Mahabalipuram, Tamilnadu. This temple constructed in stone by Pallava Dynasty in 8th century. The temple is almost on coast of Coromandel in the bay of Bengal. The surface of the temple is worn out due to action of sea water. Now the temple is protected and maintained by Archaeological survey of India.

मन्दिरमा जादा हाम्रो सबै डरहरु हराउने गर्छ। तर भारतमा एक यस्तो मन्दिर पनि छ जहाँ कोही पनि जान चाहँदैनन्। मानिसहरु उल्टै यस मन्दिरमा जान डराउँछन्। र यो डरको कारण हो, त्यस मन्दिरमा घुम्ने भूत पिशाच। हो तपाइले सहि पढ्नुभयो, त्यहाँका स्थानीयका अनुसार त्यस मन्दिरमा भूत पिशाचको बास छ।

मन्दिर भारतको हिमान्चल प्रदेशको चम्बा जिल्लाको भर्मौर भन्ने ठाउँमा अवस्थित छ। यस मन्दिरको बारेमा धेरै अंधविश्वासहरु छन्। भनिन्छ कि कोही पनि यस मन्दिर भित्र पस्ने कोशिस गर्दैनन् र धेरै व्यक्तिहरु यस मन्दिरबाट टाढा बस्नु नै राम्रो मान्दछन्।

भनिन्छ कि यस मन्दिरलाई देखेर मानिसहरु टाढाबाट नै हात जोडेर अभिवादन गर्छन् र फर्कन्छन्। यो मन्दिर घर जस्तो देखिन्छ। यो सम्पूर्ण विश्वमा यमराजको एकमात्र मन्दिर हो।

चित्रगुप्तका लागि पनि छुट्टै कोठा

यस मन्दिर भित्र एक खाली कोठा छ। भनिन्छ कि, त्यो चित्रगुप्तको कोठा हो। विज्ञहरुका अनुसार जब एक व्यक्ति मर्दछ, तब यमदूतलाई उनिहरुको प्राण लिन पठाइन्छ। यसपछि आत्मालाई पहिला चित्रगुप्तको ठाउँमा लगिन्छ र चित्रगुप्तले उक्त आत्माको कर्म हेर्दछ, भन्ने मान्यता रहेको छ।

यमराजको लाग्ने गर्छ अदालत

आत्मालाई त्यसपछि चित्रगुप्तको कोठाको अगाडि भएको कोठामा लगिन्छ जहाँ यमराजको अदालत अवस्थित छ। त्यहाँ कारवाही हुने गर्दछ र त्यसपछि यो निर्णय गरिन्छ कि व्यक्तिको आत्मा स्वर्ग पठाइन्छ वा नर्क।

मन्दिरमा छन् चार अदृश्य ढोका

यस मन्दिरमा चारवटा अदृश्य ढोकाहरु छन्।  जुन सुन, चाँदी, तामा र फलामले बनेको छ। यमराजको निर्णय पछि, यमदूतहरूले आफ्नो काम अनुसार आत्मालाई स्वर्गमा वा नर्कमा लैजान त्यस ढोकाको प्रयोग गर्दछन्। गरुड पुराणमा पनि यमराजको दरबारमा भएको चार दिशामा चारवटा ढोकाको बारेमा उल्लेख गरिएको छ।

प्रकाशित : बिहिबार, पुष २४, २०७६१२:१३

माघे सङ्क्रान्तिमा बन्दै छ बुधादित्य योग, विशेष फलका लागि गर्नुहोस् यसरी दान