गाईको र भैंसीको दूधमा कुन बढी पौष्टिक ? कसले कस्तो दूध पीउने ? [जानकारी सहित]

दूध भिटामिन डी र क्याल्सियमको उत्तम श्रोत हो। यो शरीरको विकासको मामलामा एक पूर्ण श्रोत मानिन्छ। कैयौं व्यक्तिहरु भैंसी र गाईको दूध पिउनका लागि प्रयोग गर्छन्। प्राय: मानिसहरु सोच्ने गर्छन् कि ती दुई दुधहरु बीच के भिन्नता छ? जे होस्, यी दुई दुधहरु बीच कुनै भिन्नता छैन, दुबै सुरक्षित छन् र पिउन पौष्टिक पनि छन्। तर यो मानिसको शरीरमा निर्भर गर्दछ कि कुन दुध तपाईको लागि राम्रो हुन्छ। आज हामी गाई र भैंसीको दुधको भिन्नताका बारे चर्चा गर्छौ।

गाईको दुध कम बाक्लो

आमाको दूध पिउन नसक्ने बच्चाहरुलाई गाईको दूध दिइन्छ। यदि तपाई एक ‘डाइट कन्शियस’ हुनुहुन्छ वा शारीरिक समस्याहरु छन् भने, तपाईले गाईको दूध नै पिउनु पर्छ। यदि तौल बढाउन अथवा  कमजोर महसुस गर्नुहुन्छ भने त्यस्ता मानिसलाई भैंसीको दूध उपयोगी हुन्छ।

गाईको दूध पातलो हुन्छ र यसमा ८८ प्रतिशत पानी हुन्छ। त्यसैले गाईको दुध छिट्टै पच्छ। सय ग्राम गाईको दुधमा करीव ८८ प्रतिशत पानी हुन्छ, जबकि भैंसीको दुधमा ७० प्रतिशत पानी हुन्छ।

भैंसीको दूधले प्रोटीनको कमीलाई पूरा गर्दछ

यदि कुनै व्यक्तिमा प्रोटीनको कमी छ भने भैंसीको दूध पिउनु पर्छ। गाईको दूध भन्दा भैंसीको दूधमा १० देखि ११ प्रतिशत बढी प्रोटिन हुन्छ। प्रोटीनले यसलाई तातो प्रतिरोधी बनाउँदछ र त्यसैले यो बिरामी, बृद्ध र नवजात शिशुलाई दिन निषेधित गरिन्छ।

कोलेस्ट्रोलमा भिन्नता

भैंसी र गाईको दूधमा कोलेस्ट्रोलको पनि ठूलो भिन्नता हुन्छ। एउटा विशेष भिन्नता भनेको, भैंसीको दूधमा गाईको दुध भन्दा कम कोलेस्ट्रोल हुने गर्दछ। त्यसैले उच्च बीपी, कोलेस्ट्रोल, किडनीमा समस्या भएका मानिसहरुले भैंसीको दूध खानु पर्दछ।

गाईको दुधमा कम क्यालोरी 

एक कप गाईको दुधमा १४८ क्यालोरी हुने गर्दा छ भने एक कप भैंसीको दूधमा २३७ क्यालोरी हुने गर्दछ। भैंसीको दूधको तर् पनि निकै बाक्लो हुन्छ र यसबाट घिऊ पनि राम्रो बन्छ।

प्रकाशित : बिहिबार, पुष २४, २०७६१२:३३

यी चीज आखाको लागि धेरै लाभदायक, आज देखिनै खानामा प्रयोग गर्नुहोला