किन आगोको छायाँ देखिदैन ? यस्तो छ वैज्ञानिक कारण !

स्कूलका दिनहरुमा हामीलाई भनिने गरिन्थ्यो कि, ‘जुन सुकै कुरामा यदि प्रकाश पर्छ भने त्यसको पछाडि छायाँ बन्छ’। चाहे त्यो पेन्सिल होस् वा पेन, पुस्तक होस् वा कुर्सी, वा हामी आफै नै किन नहोस्। हरेक कुराको आफ्नै छायाँ हुने गर्छ।

यदि हामी पनि कुनै बत्ति अथवा आगो बालेको ठाउँमा गयौ भने हाम्रो पनि छायाँ देखा पर्छ। सलाईको काँटीको पनि छायाँ हुन्छ तर त्यसमा आगो बाल्यौ भने काँटीको छायाँ त जस्तोका त्यस्तै हुन्छ तर आगोको छायाँ भने देखिदैन। के तपाईहरुले कहिले सोच्नु भएको छ, आखिर आगोको किन कुनै छायाँ हुदैन? यसको पछाडि के कारण छ?

तपाई आफ्नो घरको बत्ति बाल्नुहुन्छ र  मैनबत्ती पनि जलाउनुहुन्छ। त्यसपछि यसको छाया अर्को पट्टि हेर्ने प्रयास गर्नुहुन्छ भने तपाईले मैनबत्तीको छाया त देख्नुहुनेछ, तर मैनबत्तीमा बलेको आगोको छायाँ भने देख्न सक्नुहुन्न।

यस बिषयमा विज्ञानले निकै चाखलाग्दो जवाफ दिएको छ। सलाई र मैनबत्तीमा बलेको आगो आफैमा एक प्रकाश हो। यदि हामीले यसलाई प्रकाशमा राख्यौं भने यसको छायाँ बन्दैन, किनकि ती दुबै समान तत्वका हुन्।

यदि तपाई प्रकाशको छाया हेर्न चाहनुहुन्छ भने, तपाईले त्यस प्रकाशलाई अझै ठुलो र चहकिलो प्रकाशमा लिएर जानु पर्ने हुन्छ। सूर्यको प्रकाश भन्दा ठुलो र चहकिलो प्रकाश अरु कुनैको पनि हुदैन। यदि तपाई जलेको मैनबत्तीलाई सूर्यको प्रकाश अगाडी राख्नुहुन्छ भने, अर्को पट्टि भित्तामा वा भुइँमा तपाईले बल्दै गरेको आगोको पनि छायाँ देख्न सक्नुहुनेछ।

प्रकाशित : मङ्गलबार, पुष २९, २०७६१२:४४

नासामा इन्टर्नशिपका लागि गएका थिए, नयाँ ग्रह पत्ता लगाएर विश्वचकित पारे !