जब विद्यार्थीहरुले आफ्नो अध्ययन पूरा गर्दछन् वा केही दिनको प्रशिक्षणका लागि कुनै संस्थानमा अध्ययनका लागि जान्छन्, यसलाई इन्टर्नशिप भनिन्छ। सामान्यतया विद्यार्थीहरुलाई इन्टर्नशिपको बेला त्यति धेरै ज्ञान हुदैन। उनीहरु इन्टर्नशिपमा सबै कुरा सिक्ने कोशिस गर्छन्।
तर अमेरिकी अन्तरिक्ष एजेन्सी ‘नासा’मा इन्टर्नशिप गर्न गएका १७ वर्षीय विद्यार्थीले यस्तो काम गरे जुन विश्वव्यापी रुपमा प्रशंसा भइरहेको छ। आफ्नो इन्टर्नशिपको तेस्रो दिन, उनले पृथ्वी भन्दा सात गुणा ठूलो ग्रह पत्ता लगाएका छन्।
विद्यार्थीको नाम ‘वुल्फ कुकिर’ हो र उनि न्यू योर्कमा बस्छन्। पछिल्लो वर्ष, उनले गर्मी महिनामा नासाको ‘गोडार्ड अन्तरिक्ष उडान केन्द्र’ मा इन्टर्नशिप गरेका थिए। उसले तेस्रो दिनमा नै नयाँ ग्रह पत्ता लगाए। ‘द स्कार्सडेल हाई स्कूल’ मा अध्ययन गर्ने वुल्फले यो खोज तब गरेको थियो जब उनले ‘ट्रान्जिटिंग एक्सोप्लेनेट सर्वे सैटेलाइट’ बाट डाटा अनुमान गरिरहेका थिए।
यस नयाँ ग्रहको नाम ‘TOI १३३८’ राखिएको छ। रिपोर्टका अनुसार यो नयाँ ग्रह पृथ्वीबाट १३०० प्रकाश वर्ष टाढा छ, जुन एक तारामंडलमा रहेको छ। यो ग्रह त्यस तारामंडलको ‘सूर्य’को नजिक छ, तर त्यो सुर्य आकारमा हाम्रो आकाश गंगाको सूर्य भन्दा १५ प्रतिशतले ठूलो छ।
रिपोर्टका अनुसार ‘TOI १३३८’ ग्रह पृथ्वी भन्दा सात गुणा ठूलो छ। यसको सबै भन्दा खास चीज यो हो कि, यो ग्रह दुई तारा वरपर घुम्छ। एउटा तारा सूर्य भन्दा १० प्रतिशत ठूलो छ, जबकि दोस्रो तारा धेरै सानो र कम उज्यालोको छ।