मकर राशिमा बुधको प्रवेश : यी ४ राशिलाई लाभै-लाभ !

बुधले केहि दिन अगाडी राशि परिवर्तन गरिसकेको छ। अब बुध आउने जनवरी ३१ सम्म मकर राशिमा हुनेछ। बुधले राशि परिवर्तन गर्दा हरेक राशिमा फरक-फरक प्रभाव पर्छ।

ज्योतिषीहरुका अनुसार बुधको राशिपरिवर्तनले सबै भन्दा निम्न चार राशिलाई लाभ पुर्याउनेछ।

मेष राशि

दशम कर्मभावमा बुधको गोचरले तपाईको लागि निकै फाइदाजनक हुनेछ, विशेष गरी व्यवसाय गर्ने व्यक्तिका लागि  यो परिवर्तन निकै सुखद रहनेछ। व्यवसायमा पनि प्रगति हुने देखिन्छ, तर लेनदेनको मामिलामा भने  होशियार हुनुहोला। योजनाहरु गोप्य राखे उपलब्धिको संभावना अधिकतम देखिन्छ।

सिंह राशि

भाग्यमा बुधको गोचरले आर्थिक पक्षलाई शुद्ध बनाउनुका साथै विदेश यात्रा सम्बन्धित सबै योजनाहरुको समृद्धि हुने योग रहेको छ। बैदेशिक रोजगारका लागि पनि राम्रो अवसर प्राप्त गर्नुका साथै राम्रो लाभ पनि मिल्ने देखिन्छ। धर्म-कर्ममा ध्यान जानेछ।  आफन्तबाट सहयोग प्राप्त होला।

वृश्चिक राशि

विवाह सम्बन्धी समस्याहरु पनि हट्नेछ। विवाहित जीवनमा मिठोपन आउँनेछ। यो समय ब्यापारमा लागि पनि निकै शुभ देखिन्छ। काममा पदोन्नति हुने योग रहेको छ। मन प्रशन्न रहनुका साथै अधुरा कामहरु पुरा हुने देखिन्छ। साथिभाइको साथ पाइएला।

मकर राशि

बुधको गोचरका कारण सम्बन्धलाई शुद्ध पार्नुका साथै लाभ पनि दिनेछ। अधिक ऋण, लेनदेन र गोप्य दुश्मन बेवास्ता गरेर कार्य सम्पादन गर्नुहोस्। क्षेत्र बाट काम व्यवस्थित गरेर सिधा घर आउनु उत्तम हुन्छ। तपाईं ग्रामीण इलाकामा यात्रा को लाभ प्राप्त गर्नुहुनेछ। सावधानीपूर्वक गाडी चलाउनुहोस् दुर्घटनाबाट बच्नुहोस्। स्वास्थ्यको लागि सतर्क रहनुहोस्।

प्रकाशित : बुधबार, माघ ०१, २०७६११:५५

रातको समयमा भुलेर पनि गर्नुहुँदैन यी काम, हुन सक्छ बर्बादीको कारण !