‘कश्मीर की कली’, ‘वक्त’, ‘आमने-सामने’ जस्ता फिल्ममा काम गरेर कहिले भुल्न नसकिने फिल्ममा कम गर्ने अभिनेत्री शर्मिला ट्यागोरको जन्म ८ डिसेम्बर १९४६ मा भएको थियो।
आफ्नो जमानाको बोल्ड अभिनेत्री रहेकी शर्मिलाको जन्म एक हिन्दू बंगाली परिवारमा भएको थियो। शर्मिलाले सत्यजीत रेको फिल्म ‘अपुर संसार’ बाट आफ्नो अभिनय सुरु गरेकी थिइन्।
१९६४ मा उनको पहिलो बलिउड फिल्म ‘कश्मीर की कली’ आयो जुनमा उनको अभिनय देखेर उनको तारिफ हुन लागेको थियो। फिल्म ‘एन इवनिंग इन पेरिस’ मा पहिलो पटक शर्मिलाले बिकिनी सीन दिएकी थिइन्। उनी बलिउडमा बिकिनी पहिलो पटक लगाउने अभिनेत्री थिइन्। फिल्ममा बिकिनी सीन दिएर उनले बलिउडमा तहल्का मच्चाएकी थिइन्। यति मात्र नभई उनको यस कदमले सांसदसम्म बवाल मच्चेको थियो।
१९६८ मा शर्मिलाको एक अर्को पनि बिकिनी शूट आयो जुह उनले ग्लोसी फिल्म फेयर म्याग्जीनको लागि शुट गरेकी थिइन्। वास्तवमा उनको अफेयर मंसूर अली खान पटौदीसँग थियो।
मुम्बईको ठाउँ ठाउँमा होर्डिंग बोर्ड रखिएको थियो। जुनमा शर्मिलाले बिकिनी लगाएकी थिइन्। एक शर्मिलालाई थाहा भयो कि मंसूर अली खान पटौदीको आमा उनलाई भेट्न मुम्बई आईरहेकी छन्। तब यो सुनेर उनको होस् उड्यो। मंसूर को आमासँग शर्मिलालाई यो कुराको चिन्ता थियो कि यदि मंसूरको आमाले उनलाई बिकिनी वाला होर्डिंगमा देखिन् भने के हुन्छ ? कतै उनले रिजेक्ट त गर्दिनन्। के उनले आफ्नो छोरासँग बिहे नगराईन् भने।
तर मंसूर अली खान पटौदीलाई शर्मिलाको बिकिनीअवतारबाट केहि अपती थिएन। शर्मिलालाई धेरै तनाव भएपछि उनले डायरेक्टरलाई फोन गरेर मुम्बईको हरेक ठाउँबाट पोस्टर हटाउन भनिन्। उनले मंसुरसँगको सम्बन्ध बचाउन खोजिन् र यसमा उनी सफल पनि भईन्।