देवघाट मेलाको सुरक्षामा खटिएर फर्किनेक्रममा प्रहरीको गाडी दुर्घटनामा पर्यो !

भरतपुर – तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा प्रहरीको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा एकको ज्यान गएको छ भने २९ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन् ।

चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा लागेको मकर मेलाको सुरक्षाका लागि आएको पोखरा गणको बा १ ग २११८ नम्बरको टुटन गाडी फर्कने क्रममा चितवनको दासढुङगा पुलपारि घुम्तीमा दुर्घटनामा परेको हो ।

घाइतेहरुको अहिले पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

गाडीमा ३४ प्रहरी सवार रहेको उनले बताए । दुर्घटनामा अन्य केही प्रहरी गम्भीर घाइते भएको स्थानीयवासी पञ्चबहादुर गुरुङले जानकारी दिए ।

प्रकाशित : बुधबार, माघ ०१, २०७६१३:४१

निगम तोकियो भ्रमण वर्षको आधिकारिक वायुसेवा