दुर्गा प्रसाईं विरुद्ध पक्राउ गर्न अनुमति !

काठमाडौँ – झापा बिर्तामोड स्थित बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

प्रसाईं विरुद्ध जिल्ला अदालत भक्तपुरबाट पक्राउ पुर्जी जारी गरेको हो। जिल्ला अदालत भक्तपुरले मानहानीको मुद्दामा बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको हो।

२० करोड घुस मागेको आरोप लगाएर आफ्नो मानहानी गरेको भन्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रसाईं विरुद्ध मानहानीको मुद्दा दर्ता गराएका थिए।

सोही मुद्दामा पक्राउ गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रसाईंलाई पक्राउ गर्न प्रहरी बिहिबार क्तपुरस्थित उनको निवासमा समेत पुगेको थियो।

प्रहरीका अनुसार प्रसाईं निवासमा फेला परेनन्। उनी अहिले फरार रहेको प्रहरीको भनाई छ।

प्रकाशित : बिहिबार, माघ ०२, २०७६०७:०६

पुड्केको जुक्ति…