आबुधाबी दुर्घटना : काममा जानेक्रममा १८ जना नेपाली कामदार बोकेको बस दुर्घटनामा पर्यो !

काठमाडौँ – युएईको आबुधाबीमा भएको एक सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन्। आबुधाबीमा कामदार बोकेको गाडी दुर्घट्ना हुँदा बिहिबार पाँच जनाको ज्यान गएको हो।

ज्यान गुमाउनेहरुको पहिचान भने भैसकेको छैन। सरसफाइ सम्बन्धी काम गर्ने एमबीएम कम्पनीका कामदार बोकेको उक्त गाडीमा नेपालीहरु समेत रहेको बताइएको छ।

बताइएअनुसार उक्त गाडीमा १८ जना नेपाली, ६ जना श्रीलंका र अफ्रिकी मुुलुकका महिला कामदार थिए। दुर्घटनामा परी केहि नेपालीको समेत ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ।

नेपाली दूतावास आबुधाबीका अनुसार दुर्घटनामा परेका कामदारहरुको आबुधाबीस्थित एनएमसी, माफ्रक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

बिहिबार बिहान साढे पाँच बजे आसपासको समयमा कामदार काममा जानेक्रममा कामदार सवार गाडी दुर्घटनामा परेको स्थानीय संचार माध्यमहरुले जनाएका छन्। दुर्घटना आबुधाबीको अल रहा भन्ने स्थानमा भएको बताइएको छ।

प्रकाशित : बिहिबार, माघ ०२, २०७६११:२८

ट्रम्प विरुद्धको महाअभियोग प्रस्ताव सिनेटमा पठाउने प्रस्ताव पारित